
अर्थ नेपाल काठमाडौं /राष्ट्रिय योजना आयोगले विद्युतीय गाडी खरिद गरेको छ। चिनियाँ कम्पनीको गाडी आयोगले ५५ लाखमा खरिद गरेको हो ।
नेपाल सरकारको स्रोतबाट पहिलो पटक विद्युतीय गाडी खरिद गरेको आयोगले जनाएको छ । दाताहरूले किनिदिएकाबाहेक नेपाल सरकारले अहिलेसम्म विद्युतीय गाडी खरिद गरेको थिएन ।
विद्युतीय गाडी खरिदमा नेपाल सरकारले विशेष सहुयित दिँदै आए पनि यसको प्रयोग भने बढ्न सकेको छैन।
खनिज इन्धनबाट चल्ने गाडीलाई ८० प्रतिशत भन्सार लाग्छ भने विद्युतीयलाई १० प्रतिशतमात्र भन्सार तिरे पुग्छ। विद्युतीय सवारीलाई अन्तःशुल्क नवीकरण शुल्क पनि लाग्दैन।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij