२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

राजस्वमा ब्रह्मलुट: कामै नगरी वार्षिक २ अर्ब भत्ता खान्छन् १० हजार कर्मचारी !

राजस्वमा ब्रह्मलुट: कामै नगरी वार्षिक २ अर्ब भत्ता खान्छन् १० हजार कर्मचारी !

2.4K
Shares

काठमाडौं/सुन्दा अचम्म लाग्न सक्छ, निजामति कर्मचारीले सरकार आफैँले दिएको पोसाक लगाएर कार्यालय गएबापत प्रोत्साहन भत्ता पाउँछन् ।

सरकारले केही बर्षदेखि निजामति कर्मचारीलाई पोसाक किन्न वार्षिक सात हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।

यही रकमले किनेको पोसाक लगाएर अफिस जाने राष्ट्रपति कार्यालयका कर्मचारीले यस्तै प्रोत्साहन भत्ता पाइरहेका छन् ।

राष्ट्रपति कार्यालय एउटा उदाहरणमात्र हो, विशेष कामका नाममा प्रोत्साहन भत्ता खाने मन्त्रालय र कार्यालय मुलुकभरमा २६ वटा छन् ।

प्रभावशाली मन्त्रालय वा कार्यालयले सरकारलाई दबाब दिएर बर्षौदेखि विशेष कामका नाममा कामै नगरी प्रोत्साहन भत्ता खाइरहेका छन् ।

यसका लागि राज्यले वार्षिक २ अर्ब रुपैयाँ व्यायभार बोक्नुपरेको छ ।

नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij