२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तिलिङ्गटार विद्यालयको ५६ औं बार्षिक उत्सव सम्पन्न

तिलिङ्गटार विद्यालयको ५६ औं बार्षिक उत्सव सम्पन्न

2.4K
Shares

अर्थ नेपाल काठमाडौं/टोखा नगरपालिकामा रहेको तिलिáटार विद्यालयले स्थापनाको ५६ औं वार्षिक उत्सव एंव अभिभावक दिवस मनाएको छ । सामुदायिक विद्यालयहरुमा सुविधा सम्पन्न, गुणस्तरिय र सर्व सुलभ शिक्षाका लागि ख्याति कमाएको उक्त विद्यालयको सफलतामा स्थापना दिवस समारोहमा अतिथिहरुले थप योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे । सामुदायिक विद्यालयले पनि निजी विद्यालय सरह गुणस्तरिय शिक्षा दिन सकेकोमा अधिकांशले विद्यालयको प्रशंसा गरेका थिए ।
प्रमुख अतिथिका रुपमा उपस्थित एमाले महासचिव एंव क्षेत्र नं. ५ का सांसद इश्वर पोखरेलले विद्यालयको सम्बृद्धिका लागि आफु सर्मपित भएर लाग्ने बताए । उनले विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न धेरैले योगदान दिएको भन्दै स्मरण गरे । प्रदेश सांसद दिपक निरौलाले उक्त विद्यालय सामुदायिक विद्यालय मध्ये अब्बल रहेको बताउँदै थप विकासका लागि क्रियाशिल रहने बताए । वार्षिक उत्सव कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले विद्यालयको प्रशंसा गर्दै नगरपालिकाले हरतरहले सहयोग गर्ने बताए ।
अतिथिले एंव अभिभावकको स्वागत गर्दै विद्यालयका प्राचार्य सरोजकुमार पाण्डेले शैक्षिक गतिविधिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा टोखा नगरपालिका वडा नंं. ७ का वडा अध्यक्ष नरोत्तम राना, नेपाली कांग्रेस टोखा नगर सभापति बसन्त श्रेष्ठ, माओवादी केन्द्रकी कल्पना शर्मा लगायतले सम्बोधन गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर पौडेलेका सभापतित्वमा सम्पन्न कार्यक्रममा उक्त विद्यालयका पूर्व विद्यार्थी, मूलधार साप्ताहिकका प्रधानसम्पादक एंव नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई सम्मान गरिएको थियो । विष्टले विद्यालयको विकास र विस्तारमा आफ्नो पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij