२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फुकेन अध्यादेशको ‘गाँठो’ दलहरूको सहमतिबिना जारी नगर्ने संकेत

फुकेन अध्यादेशको ‘गाँठो’ दलहरूको सहमतिबिना जारी नगर्ने संकेत

1.9K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश ‘होल्ड’ गरिराखेको प्रति प्रश्न उठाइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूको सहमतिबिना जारी नगर्ने संकेत दिएकी छन् ।

राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय कि बहुमतीय भन्ने मुद्दामा अध्यादेश विवादमा तानिएपछि राष्ट्रपति दलहरूसँगको परामर्श लम्ब्याउन लागेकी हुन्।

‘विवादमा परेपछि राष्ट्रपतिले दलहरूकै सहमतिबेगर अध्यादेश जारी नगर्ने सन्देश दिनुभएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो। राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले भने अध्यादेशमा राष्ट्रपतिले सहमतिका लागि राजनीतिक परामर्श लिने क्रम जारी राखेको बताए।

उनका अनुसार राष्ट्रपतिले आइतबार संघीय समाजवादी फोरम नेपालका नेताहरूसंँग परामर्श लिँदैछिन्। त्यसपछि राष्ट्रिय जनता पार्टीसँग परामर्श लिने राष्ट्रपतिको योजना छ। कान्तिपुर बाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij