२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायक हेमन्त शर्माको ‘डम डम डम बज्यो…’ (भिडियो सहित)

गायक हेमन्त शर्माको ‘डम डम डम बज्यो…’ (भिडियो सहित)

1.4K
Shares

अर्थ नेपाल काठमाडौं  /गायक  हेमन्त शर्माले एउटा पृथक शैलीको  गीत ‘डम डम डम बज्यो…’ तयार पारेका छन्। गीतमा गायक शर्मा कै शब्द तथा संगीत सुन्न सकिन्छ। श्यामश्वेत रसाइलीले यो गीतमा संगीत संयोजन गरेका छन्।

बिहे गरौं कि नगरौं भन्ने युवाको कथा बोकेको यो गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ। गायक शर्माले आफ्नै निर्देशनमा म्युजिक भिडियो तयार पारेका हुन्। भिडियोमा अभिनेत्री प्रियंका कार्की, दुर्गेश थापा तथा केशव ज्ञवालीले अभिनय गरेका छन्। भिडियोमा शिव बिकको कोरियोग्राफी छ। धीरजजंग शाहले खिचेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन्। यो भिडियोलाई गायक शर्माले आफ्नै यूट्युब च्यानलबाट रिलिज गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij