२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘पर्यटनका लागि संगै’ भन्ने मुल नाराका साथ मिसेस नेपाल टुरिजम २०१७ हुँदै

‘पर्यटनका लागि संगै’ भन्ने मुल नाराका साथ मिसेस नेपाल टुरिजम २०१७ हुँदै

1.3K
Shares

अर्थ नेपाल काठमाडौं/स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको छ । ‘पर्यटनका लागि संगैं’ भन्ने मुल नाराका साथ विवाहित महिलाहरुलाई सामेल गर्दै उक्त सौन्दर्य प्रतियोगीता आयोजना गर्न लागीएको आयोजक संस्थाका अध्यक्ष पुजा निरौलाले जानकारी दिइन । उनका अनुसार नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस प्रतियोगिताका प्रतिस्पर्धीहरुले विभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने छन् । बाह्य र आन्तरिक पर्यटन प्रबद्धनका लागि महत्वपू्र्ण सहयोग मिल्ने आयोजक संस्थाको दावी छ ।
स्टार वन इन्टरटेनमेन्टले विभिन्न वर्ग र उमेर समूहका बिच सौन्दर्य तथा प्रतिभामूलक प्रतिस्पर्धा गर्दै आएको छ । यस क्रममा गृहिणी र विभिन्न पेशामा आबद्ध रहेका विबाहित महिलाहरुबिच मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको छ । विवाहित महिलाहरुको व्यक्तित्व विकास तथा उनीहरुलाई स्वाबलम्बी बनाउनका लागि समेत प्रतियोगिताले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरिन । कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगितामा राजधानीका विभिन्न क्षेत्रमा बसी व्यापार, व्यवसाय तथा विभिन्न पेशा गर्दै आएका महिलाले सहभागी हुन सक्नेछन् । आयोजक संस्थाका अनुसार आगामी मंसिर २ गते राजधानीमा हुने अडिसनबाट छनोट हुने प्रतियोगिहरुलाई नयाँ वानेश्वरस्थित होटल रानी महलमा एक महिनाभन्दा बढी समयसम्म दैनिकरुपमा विज्ञहरुद्धारा विभिन्न विषयको तालिम र कक्षा प्रदान गरिनेछ । प्रतियोगिहरुलाई व्यक्तित्व विकास, अन्तराष्ट्रिय मोडलिङ वर्कशप, गु्रमिङ, क्याटवक, श्रृंगार, जुम्बा, स्वीमिङ, हस्पीटालीटी मेनेजमेन्ट, फेशन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षण पश्चात प्रतियोगितामा उतारिने आयोजक संस्थाले जनाएका छ ।
प्रतियोगिहरुलाई अन्तराष्ट्रिय मञ्चमा सहभागीताको अवसरका साथ आयोजक संस्थाको ब्रान्ड एम्बेसडरसहित नेपाल र भारतको विज्ञापनमा अवसर, मोडलिङको अवसर, निःशुल्क आईइएल टीएस, टोफलजस्ता भाषा सिक्ने मौका पनि प्रदान गरिने छ । प्रतियोतिाअन्र्तगत अन्तिम स्पर्धा भने आगामी पुषको पहिलो साता जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ ।

 

थप जानकारीको लागि यहाँ क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij