२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिस गण्डकीका प्रतियोगीहरुले देखाए आफ्नो प्रतिभा

मिस गण्डकीका प्रतियोगीहरुले देखाए आफ्नो प्रतिभा

2.2K
Shares

अर्थ नेपाल पोखरा /एस.टी. क्रियशनको आयोजनामा पोखरामा भईरहेकोे चौथो संस्करणको “नागरिक पश्चिमेली मिस गण्डकी सिजन ४” को सेल्फ ट्यालेन्ट राउण्ड कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
प्रतियोगीताका १६ जना प्रर्तिश्प्रर्धीले ट्यालेन्ट राउन्डमा नृत्य, गायन, हास्य प्रहशन, अभिनय, चित्रकला र बौद्धिक कला जस्ता प्रस्तुतीहरु प्रर्दशन गरेका थिए । प्रतियोगिताको सेल्फ ट्यालेन्ट राउण्ड कार्यक्रममा निर्णायकहरुमा नृत्य निर्देशक राहुल थापामगर, सञ्चारकर्मी सञ्जोक बस्याल, पिएन क्याम्पसका सह प्राध्यापक मित्रबन्धु बराल, चलचित्र निर्देशक नेत्र गुरुङ र मिसेस गण्डकी निलिमा हिराचन श्रेष्ठ निर्णायकको रुपमा रहेका थिए ।
यहि मंसिरको २ गते शनिबारको दिन तारे होटल पोखरा ग्रान्डमा बिबिध साँगीतिक कार्यक्रमको साथमा प्रतियोगिताको अन्तिम प्रर्तिस्पर्धा हुदैछ । आई.एफ.सी. फेशन कलेजका १६ जना ड्रेस डिजाइनरहरुको कलात्मक डिजाइनमा सजिएका प्रतियोगी मध्येबाट मिस गण्डकी सिजन ४ की उपाधी विजेताले उपाधीको क्राउन सहित स्कुटर र आर्कशक पुरस्कार पाउनेछिन त्यस्तै फस्ट रनर अपले पचहत्तर हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कार र सेकेण्ड रनर अपले पचास हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कार र थर्ड रनरअपले पच्चीस हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कारको साथै अवार्ड, ट्रफी र प्रमाण पत्र आदी पाउनेछन् भने अन्य उप–विद्यामा विभिन्न किसिमका गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजक संस्था एस.टी. क्रियशनकी निर्देशक इनिशा दुरा जानकारी गराए ।
कार्यक्रमका प्रमुख अथिति लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ का रिजन चियरपरसन तथा युवा ब्यबसायी बिनोद ढुंगानाले मिस गण्डकी जस्ता सौन्दर्य प्रतियोगिताका कारण कैयौं युवतीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई उनिहरुको ब्यत्तित्व तथा नेत्तृत्व बिकासमा टेवा पुग्ने कुरामा आफु पूर्ण सहमत रहेको मन्तब्य ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij