२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नुवाकोटमा नृत्य प्रतियोगितासगैं पत्रकार तथा कलाकार सम्मानित

नुवाकोटमा नृत्य प्रतियोगितासगैं पत्रकार तथा कलाकार सम्मानित

2.7K
Shares

अर्थ नेपाल संवाददाता
नुवाकोट /नुवाकोट जिल्लाबाट प्रकाशन भईरहेको सुन्दरादेवी सन्देश साप्ताहिकले आफ्नो छैठौ वार्षिक उत्सव मनाएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति तथा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले नेपाली गित संगीत क्षेत्र तथा नाट्य क्षेत्रले नेपालि भूमिलाई चिनाएको बताउनु भयो । उहाँले भन्नु भयो–गीत संगीत मानव जिवनको अभिन्न अंग हो, यसको सहि परिचालनले नै मानव जिवन पूर्ण हुने पनि उहाको धारणा थियो । साथै उहाँले गीतसंगीत अनि कलाकारिता क्षेत्रमा सुन्दरादेवी सन्देश साप्ताहिकले पुराएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । कार्यक्रमको विशेष अतिथि चलचित्र पत्रकार संघको निवर्तमान अध्यक्ष, गीतकार एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रियले पत्रकारिता क्षेत्र अनि रंग पत्रकारिताको बारेमा आफ्नो धारणा व्यक्त गर्नु भयो । पत्रिकाको प्रकाशक किरण अधिकारीको सभापतित्वमा सम्पन कार्यक्रममा अर्का विशेष अतिथि नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय सदस्य शिव देवकोटाले मोफशलको पत्रकारिता बारे आफ्नो धारणा राख्नु भयो ।


कार्यक्रममा सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा भएको सुन्द्रादेवी सन्देश म्युजिक अवार्डमा घोषणा गरिएको लाईफ टाईम एचिभमेन्ट अवार्ड ग्रहण गर्न विशेष कारणले उपस्थित हुन नसक्नु भएकोले शम्भुजित बास्कोटालाई आजको कार्यक्रममा नगद रु ११ हजार १ सय ११ सहित हस्तान्तरण गरिएको थियो । कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ समेत उपस्थित थिए ।


उक्त कार्यक्रममा पत्रकार मनोज थापा सम्माननित भएका छन् । उनलाई सुन्दरादेवी सन्देश पत्रकारिता सम्मान प्रमुख अतिथि तथा विशेष अतिथिले प्रदान गरेका थिए । थापा छापा तथा विद्युतिय सञ्चार माध्यम मार्फत अर्थ, राजनीति, सामाजिक तथा कला साहित्यको क्षेत्रमा कलम चलाउँदै आएका छन् । त्यसैगरी पत्रकार शिव देवकोटा पनि सम्मानित भएका छन् । प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य तथा नुवाकोट जागरण साप्ताहिकका प्रशासक रहेका देवकोटालाई सुन्दरादेवी सन्देश दिर्घ सेवा पत्रकारतिा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा नायिका तथा गायिका सारिका घिमिरे, चलचित्र पत्रकार संघकी केन्द्रीय उपाध्यक्ष गीता अधिकारी, गायक तथा मोडल दिनेश थापा, गायक राजकुमार बानियाँ, गायिका पुजा पौडेल, वर्षा सिलवाल, गायिका सावित्रि जोशी लगायतका व्यक्तिहरु सम्मानित भएका थिए ।
खुल्ला नृत्य प्रतियोगितामा समुहतर्फ अर्किड एकेडेमी प्रथम, ब्रिलियंट एकेडेमी द्वितीय र भैरवी एकेडेमी तृतीय भएका थिएभने एकलतर्फ निता तामाङ प्रथम, स्मृति रिजाल द्वितीय र सोनियान लामा तृतीय भएका थिए । नायिका एंव गायिका सारिका घिमिरे निर्णायक संयोजक रहेको उक्त प्रतियोगिताका गायिक तथा मोडल दिनेश थापा निर्णायकमा रहेका थिए ।
पत्रिका छैठौ वर्ष प्रवेशको विशेष कार्यक्रममा विशेषांकको प्रमुख अतिथि बास्कोटा लगायत अन्य अतिथिहरुले विमोचन गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij