२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौँ – अध्यक्ष प्रचण्ड

हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौँ – अध्यक्ष प्रचण्ड

1.9K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा आफ्नो पार्टी नरहेको  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।
उनले भने “वाम गठबन्धन, पार्टी एकता फरक विषय हो । सरकार संविधान कार्यान्वयन गराउने लक्ष्यका साथ गठन भएको हो । यसको उद्देश्य आगामी मंसिरमा प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन गराउनेमा छ हामी निर्वाचन सफल बनाउन चाहन्छौं।”
सिंहदरबारमा आयोजित माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकता इतिहास र राष्ट्रिय दायित्व पूरा गर्नका लागि भएको पनि दावी गरे ।
अध्यक्ष प्रचण्डले भने “हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौँ, यो हाम्रो नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियान हो । यसले सरकारलाई कुनै असर गर्दैन, हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौँ । तर, प्रधानमन्त्री र नेपाली काँग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौँ । हाम्रो एकमात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो”
साथै अध्यक्ष दाहालले एमाले, नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij