२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चिलिमे कम्पनीलाई दुई आयोजनाको अनुमति

चिलिमे कम्पनीलाई दुई आयोजनाको अनुमति

1.6K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /नागरिकलाई जलविद्युत् क्षेत्रमा लगानी गर्दा फाइदा हुन्छ भन्ने विश्वास दिलाउन सफल चिलिमे जलविद्युत् कम्पनीले ५८५ मेगावाट क्षमताका दुई परियोजनाको अनुमतिपत्र पाएको छ ।
कम्पनीलाई गोरखामा आयोजनास्थल रहेको ४२० मेगावाट क्षमताको बूढीगण्डकी प्रोक र बझाङमा आयोजनास्थल रहेको सेती नदी तेस्रोको विद्युत् विकास विभागले अध्ययन अनुमति दिएको हो ।
शेयर बजारमा समेत चिलिमे जलविद्युत् कम्पनीको शेयर उच्चस्थानमा छ । नेपाल स्टक एक्चेन्जका अनुसार हाल चिलिमेको प्रतिकित्ता शेयर मूल्य ७९८ रुपैयाँ पुगेको छ ।
कम्पनीले हाल रसुवागढी १११ मेगावाट, माथिल्लो साञ्जेन १४.८ मेगावाट, साञ्जेन ४२ मेगावाट , मध्य भोटेकोशी १०२ मेगावाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।  अनुमतिपत्र पाएपछि अध्ययनको काम यही दशैंलगत्तै सुरू गर्ने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij