२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चलचित्र सम्पादनमा अभिषेक

चलचित्र सम्पादनमा अभिषेक

2K
Shares


अर्थ नेपाल संवाददाता
विगत ७ वर्ष देखि नेपाली चलचित्रको कुशन सम्पदन गरिरहेका अभिषेक पौडेलले अहिलेसम्म आउँदा थुप्रै चलचित्रको समपदन गरेका छन् । नेपाली चलचित्रमा मात्र नभई भारतीय भोजपुरी चलचित्रमा पनि काम गरेको उनी छोटो समयमा धेरै काम गर्न र सफलता चुम्न सफल ‘इडिटर’ मध्येमा पर्छन ।
चलचित्र विधुवा, त्यो दश घन्टा, खै कस्को, दिलमा सजया तिमीलाई, रिया, दिल, विस्फोट, तिम्रो लागि, तुवालो, भाग्यको खेल जस्ता दुई दर्जन भन्दा बढी चलचित्रमा ‘इडिटर’ गरेका उनका आगामि चलचित्र उल्झन, पटुकी लगायतका रहेका छन् । त्यस्तै भोजपुरी चलचित्र राजु नं. १, हमरा बदला जस्ता आधा दर्जन चलचित्रमा पनि ‘इडिटर’को काम गरेका उनी एउटा राम्रो चलचित्र निर्माणका लागि ‘इडिटर’को पनि महत्वपूर्ण हात रहने बताउँछन् । ‘एउटा राम्रो चलचित्र दर्शकसम्म आइपुग्दा पर्दा अगाडि र पर्दा पछाडि धेरैको मिहिनेत परेको हुन्छ, म पनि पर्दा पछाडि रहेर राम्रो चलचित्र कसरी हुन सक्छ भनेर नयाँ नयाँ क्रिएशन गर्ने गर्छु’, उनले भने ।
नेपाली चलचित्रले पछिल्लो समयमा प्राविधिक रुपमा धेरै फडको मारे पनि अझै सम्पादनमा गुणस्तरियता खोज्नु पर्ने बताउँने अभिषेक आफूले हरेक चलचित्रमा गुणस्तरमा कम्प्रमाइज नगर्ने र अझैँ गुणस्तर पस्किन तल्लिन रहेको दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij