२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१३१ स्थानीय तहको नतिजा घोषणा

१३१ स्थानीय तहको नतिजा घोषणा

2.6K
Shares

 

काठमाडौं /दुई नम्बर प्रदेशको निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल भएको छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा दोस्रो दलमा खुम्चिएको कांग्रेस दुई नम्बर
प्रदेशमा भने भारि सिटका साथ पहिलो दल भएको छ ।
असोज २ गते भएको निर्वाचनको मतगणना अहिले अन्तिम चरणमा पुगेको छ । आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३१ स्थानीय तहको मतपरिणाम आइसकेको छ । अब पाँच वटा तहको मत परिणाम आउन वाँकी छ ।

नतिजा आउँन बाँकी रहेका स्थानीय तहमध्ये पर्साको वीरगञ्ज महानगरपालिका, सप्तरीको राजविराज नगरपालिका छन् भने बाराका तीन स्थानीय तहको मतपरिणाम पनि आउन बाँकी छ । बाराको कलैया उपमहानगरपालिका, कोल्हवी नगरपालिका र बारागढी गाँउपालिकाको मतगणना जारी रहेको छ ।
प्रदेश नम्बर २ मा नेपाली कांग्रेसले३८ स्थानीय तहमा जित हासिल गरेको छ । २५ स्थानीय तहमा जित हासिल गरेको संघीय समाजवादी फोरम दोस्रो र २४ स्थानीय तहमा जित हात पारेको राष्ट्रिय जनता पार्टी तेस्रो बन्ने भएको छ ।
त्यस्तै माओवादी केन्द्र चौथो र एमाले पाचौं दल बनेका छन् । माओवादी केन्द्रले २१ र एमाले १६ स्थानमा विजयी भएका छन् । नेपाल लोकतान्त्रिक फोरमले ३ तथा अन्य दलले बाँकी ३ स्थानीय तहमा जित हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij