
अर्थ नेपाल संवाददाता
काठमाडौं /अहिलेको समय कलाकारहरु चाडपर्वलाई लक्षित गरेर गित निकाल्ने होडमा छन् । अहिले गायिका बर्षा शिलवाल, स्वस्तिका गिरि अनि बिष्णु तामाङको स्वरमा रहेको माया सम्झन्छु गित चर्चामा रहेको छ । दशैँमा आफन्त ,परिवार अनि आफ्नो माया सम्झेको बिषयलाई समेटेर गित बनाईएको छ ।
उक्त गीतमा शब्द दिर्घ प्रसाद नेपाल र सानु गिरीको छ भने लय सन्तोषराज गिरीको रहेको छ्रउक्त गितलाई एक्सन फ्लिम्सले बजारमा ल्याएको हो ।
त्यस्तै रेशम थापा र बर्षा सिलवालको स्वरमा रहेको अर्को गित आमा लगाउनु टिका गित पनि उस्तै चर्चामा रहेको छ । उक्त गीतको लय शब्द रेशम थापाको रहेको छ भने अभिनय बर्षा शिलवाल, रेल कुमार लामा, कृष्ण दुलाल, अनिशा दुलाल, प्रजिता दुलाल, प्रकाश दुलाल अनि सन्तोष दाहालको रहेको छ । उक्त गीतको निर्देशन दुर्गा श्रेष्ठले गरेका छन भने छायाकन युवराज खत्रीले गर्नु भएको छ । उक्त गीतलाई पनि एक्सन मिडियाले बजारमा ल्याएको हो । दुवै गितको सफलताले आफुहरुलाई ढुक्क भएको गायिका बर्षा शिलवालले जानकारी दिनुभयो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij