२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘दशैं फेशन नाइट २०१७’ भब्य रुपमा सम्पन्न (फोटो फिचर)

‘दशैं फेशन नाइट २०१७’ भब्य रुपमा सम्पन्न (फोटो फिचर)

3.2K
Shares

 

अर्थ नेपाल संवाददाता
काठमाडौं /दशैंको अवसर पारेर शनिबार रशलाईट मिडिया प्रा.को आयोजनामा भएको ‘दशैं फेशन नाइट २०१७’ भब्य रुपमा सम्पन्न भएको छ । राजधानीको रोयल इभेन्टमा भएको उक्त शोमा दर्शकको उल्लेख्य सहभागीता रहेको थियो । चर्चित मोडल तथा गायिका रमिता भण्डारीको कोरियोग्राफीमा मोडलहरु सुशिला थापा, सहारा खड्का, भूमिका खड्का, विना श्रेष्ठ, सवस्थानी महत, स्मृति श्रेष्ठ, स्वेच्क्षा केसी, सन्जीला गौतम, सन्ध्या कोइराला, सिमरन शाक्य, स्मरिका विष्ट, सरोन श्रेष्ठ, सदिना खड्का, निस्था महर्जन, प्रविना शाही, विशखा पाण्डे, रिया गुरुङ, ज्योती तामाङ, आरती डंगोल ¥याम्प शोमा प्रस्तुत भएका थिए ।

त्यसैगरी सनिल महर्जन, सुमन श्रेष्ठ, सन्जिव श्रेष्ठ, पवन महर्जन, अज्जु मनस्वर, सुनिल महर्जन, प्रनिपराज अधिकारी, सुशान्त श्रेष्ठ फेशन शोमा प्रस्तुत भएका थिए । डिनाज कलेक्सन, जोजालप्पा कलेक्सनको डिजाइनको आकर्षक डिजाइनका ड्रेसमा मोडलहरु ¥याम्पमा प्रस्तुत भएका थिए ।


साथमा नायिका तथा गायिका सारिका घिमिरेले गीत गाउँदा दर्शकहरुले साथ दिएका थिए । उनले भखरै सार्वजनिक भएको एल्वम मोहनीबाट मुलको पानी र के देखेर माया लायौं गीत प्रस्तुत गरेकी थिइन । गायक अजय तुलाधरले पनि गीत प्रस्तुत गरेका थिए । साथमा अन्य कलाकारहरुको समेत प्रस्तुति रहको थियो।  कार्यक्रमको अर्थ नेपाल अफिसियल मिडिया पार्टनर हो ।

 

 

  

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij