२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गीतकार ईश्वर श्रेष्ठको उकाली ओराली बजारमा

गीतकार ईश्वर श्रेष्ठको उकाली ओराली बजारमा

1.7K
Shares


अर्थ नेपाल संवाददाता
काठमाडौं /गीतकार ईश्वर श्रेष्ठको पहिलो गीति एल्बम् ‘उकाली ओलारी’ घटस्थापनाको अवसर पारेर राजधानीमा विमोचन गरिएको छ । प्रमुख अतिथि संगीतकार संघका अध्यक्ष लक्ष्मण शेस, वरिष्ट गीतकार राजेन्द्र थापा, संगीतकार दिपक शर्मा, रचनाकार ईश्वर श्रेष्ठ, गीतकार संघका अध्यक्ष चुडामणी दाहाल, उकाली ओराली एल्बमकी निर्मात्री चम्पा श्रेष्ठ, एरेन्जर नरेन्द्र वियोगीले संयुक्त रुपमा विमोचन गरेका थिए । उकाली ओराली एल्बममा पाँचवटा गीत समावेश गरिएको छ भने ‘वारिपारी’ नामको तीज गीत बोनसको रुपमा एल्बममा समावेश गरिएको छ । बोनस गीत सहित एल्बममा सातवटा गीत रहेका छन् । जसमा दिपक शर्माको एकल संगीत तथा ईश्वर श्रेष्ठको एकल रचनामा गायक÷गायिका रामकृष्ण ढकाल, राजेशपायल राई, स्वरुपराज आचार्य, बिन्दु परियार, सुरेश लामा, प्रताप लामा, बिक्रम राई, धुव्र बिस्को, मेनुका राईले स्वर दिएका छन् । भने आमोस तामाङ्गको एरेन्ज रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि लक्ष्मण श्रेष्ठले सांगितिक क्षेत्रमा ईश्वर श्रेष्ठको उकाली ओराली एल्बमले नयाँ ईटा थपोस् भन्दै शुभकामना दिए भने एल्बमका समिक्षक तथा वरिष्ट गीतकार राजेन्द्र थापाले एल्बमभित्र रहेका हरेक गीतले दर्शक, स्रोताको मन छुने सरल किसिमको रहेको बताउँदै आउँदै गरेको विजयादशामीको शुभकामना सहित दिए ।

गीतकार संघका अध्यक्ष चुडामणी दाहाल लगायतले उकाली ओराली एल्बमको सफलताको शुभकामना दिए । एल्बममा समावेश गरिएको पहिलो गीत ‘ओरालो झरे जस्तो’ को भिडियो समेत देखाइयो । जसमा विकास लामिछाने र रिमा विश्वकर्माको फिचरिङ रहेको छ भने रामकृष्ण ढकालको स्वर रहेको छ । म्युजिक भिडियोको निर्देशन युवराज वाइवा, छायाङ्कन उत्सव दाहालले गरेका छन् भने सम्पदान निशान घिमिरेले गरेका छन् । कार्यक्रममा एल्बममा आवद्ध सबैलाई मायको चिनो समेत प्रदान गरिएको थियो । लामो समयदेखि गीत लेखनमा सक्रिय ईश्वर श्रेष्ठले आफ्नो पहिलो प्रयास दर्शक स्रोताले मन पराई दिएमा निरन्तर यस क्षेत्रमा आफू लागि पर्ने बताए भने संगीतकार दिपक शर्माले एल्बमलाई न्याय गर्ने कोसिस आफूले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij