
अर्थ नेपाल संवाददाता
काठमाडौं/ न्युरोडमा रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्षमा १ करोड २८ लाख ३२ हजार १ सय ८५ रुपैयाँ मुनाफा आर्जन गरेको छ । संस्थाले कारोवारबाट राज्यलाई २५ लाख ६६ हजार ४ सय ३७ रुपैयाँ राजस्व बुझाएको छ । संस्थाको भदौ १७ गते सम्पन्न आठौं बार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका प्रमुख कार्यकारी संचालक हेम बहादुर कार्कीले सो जानकारी दिएका छन् ।
संस्थाका अध्यक्ष राम प्रसाद आचार्यले सभापतित्व रहेको उक्त कार्यक्रममा पूर्व अर्थमन्त्री एवं सांसद रामशरण महत प्रमुख अतिथि रहनुभएको समारोहमा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्मा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका संचालक नानीकाजी शाक्य बिशेष अतिथिको रहेका थिए ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष चिनकाजी श्रेष्ठ र २९ का वडा अध्यक्ष कुश ढकाल, प्याब्सनका केन्द्रीय सचिवालय सदस्य गोपाल प्रसाद आचार्य लगायत विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु अतिथि रहेका थिए ।
समारोहमा संचालक समितिको तर्फबाट बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष आचार्यले हालै मुलुकका विभिन्न भागमा गएको बाढी, पहिरो तथा डुवानमा परेर घरवार गुमाएका पीडितहरुलाई संस्थाले राहत स्वरुप ७५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँका अनुसार संचालक समितिका पदाधिकारुहरुबाट ३५ हजार, संस्थाको कोषबाट २५ हजार र शेयर सदस्यहरुबाट १५ हजार रुपैयाँ संकलन गरेर संस्थाले उक्त सहयोग प्रदान गरेको हो । संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै गत आ।व।मा मनमैजुमा महिलाहरुद्वारा संचालित महिला विद्यालयलाई रु। ३५ हजार रुपैयाँ पर्ने कम्प्युटर तथा आवश्यक फर्निचर, एच।आई।भी। संक्रमित बालबालिकाहरु अध्ययनरत कीर्तिपुर स्थित सफलता एच।आई।भी। शिक्षा सदनलाई रु। २५ हजार नगद, तीनकुने स्थित अतुल स्मृति गुरुकुलमा अध्ययन गर्ने बालबालिकाहरुका लागि रु। २४ हजार नगद र असहाय तथा गरिब बालबालिकाहरु पढ्ने गौशाला स्थित बाल सारथी एकेडेमिलाई रु। ३० हजार बराबरको खाद्य सामग्री प्रदान गरेको समेत अध्यक्ष आचार्यले सभालाई जानकारी गराउनुभयो ।
साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा संस्थाको चुक्ता शेयर पूँजी ५ करोड ४७ लाख २९ हजार, निक्षेप ६५ करोड ९६ लाख ३१ हजार र जगेडा तथा अन्य कोषहरुमा २ करोड २२ हजार रुपैयाँ कायम भएको छ । संस्थाले गत आ।व।को अन्त्य सम्ममा सदस्यहरुमाझ बिभिन्न शीर्षकमा ६८ करोड १६ लाख १७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसैगरी उक्त अवधिमा संस्थाको कर्जा जोखिम कोषमा ३ करोड ५ लाख ७३ हजार रुपैयाँ जम्मा भएको छ । संस्थाले चालु आर्थिक बर्षको समाप्ति सम्ममा शेयर पूँजी १ करोड, बचत संकलन ५ करोड र कर्जा लगानी ६ करोड रुपैयाँले बृद्धि गर्ने लक्ष्य लिएको छ । त्यसैगरी संस्थाले गत आ।व।मा कायम भएको ८२ करोड ४३ लाख ३१ हजार रुपैयाँको कुल कारोवारलाई चालु आ।व।मा ७ करोड ५० लाखले बृद्धि गर्ने समेत योजना बनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij