२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आमाको गीतमा छोरीको अभिनय (हेर्नुस भिडियो )

आमाको गीतमा छोरीको अभिनय (हेर्नुस भिडियो )

1.8K
Shares


अर्थ नेपाल संवाददाता
काठमाडौं /गायिका मञ्जु पौडेल नयाँ गीतका साथ देखा परेकी छिन् । स्टेज क्वीनका रुपमा समेत परिचीत मञ्जु पौडेल स्टेज कार्यक्रम सञ्चालन गरेर आम दर्शक तथा श्रोतामा परिचीत छिन् । सञ्चारकर्मबाट यस पेशामा छिरेकी मञ्जु पौडेल दामी छ रेन्त… बोलको फरक शैलीको गीतबाट यतिखेर आएकी छिन् । गजलकारका रुपमा परिचीत मधु साश्रुको शब्द रहेको यस गीतमा सफल संगीतकार सन्तोष श्रेष्ठले आफ्नो स्थापित शैलीबाट हटेर निकै आकर्षक रुपमा यो गीत तयार पारेका हुन् भने एरेञ्जर गोपाल रसाइलीले पनी फरक खालको एरेञ्ज यसमा गरेका छन् ।
बुधबार एक कार्यक्रमको आयोजना गरी गीत सार्बजनिकरण गरिएको छ । समारोहमा प्रमुख अतिथी शम्भुजित बाँसकोटाले ‘प्ले’ बोलेर गीत सार्बजनिकरण गरिएको हो । प्रमुख अतिथीको आसनबाट बोल्दै संगीतकार शम्भुजीत बाँस्कोटाले गायिका, संगीतकार एवं गीतकार देखी गीतका सम्पुर्ण टीमलाई शुभकामना दिए । कार्यक्रमकी अतिथी कोमल वलीले सञ्चारकर्ममा राम्रो गर्दै आएकी मञ्जुको गायन यात्रा पनि उज्ज्वल भएको बताइन् । संगीतकार सन्तोष श्रेष्ठको आफू प्रशंशक भएको समेत उनले भनीन् । कार्यक्रममा संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीले गीतको तारीफ गर्दै शुभेच्छा व्यक्त गरे । त्यस्तै संगीतकार सन्तोष श्रेष्ठले ‘गीत’ कसरी सिर्जीत भयो र कसरी राम्रो बन्न गयो भन्ने कुरा प्रष्ट्याएका थिए । निर्देशक कलाकार दीपाश्री निरौला, लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले गीतप्रति शुभेच्छा ब्यक्त गरे ।


छायाँछवि क्रियशनको आयोजनामा सम्पन्न यस कार्यक्रममा सभापतिको आशनबाट बोल्दै शान्तिप्रियले गीतको प्रशंशा गरे । यो गीतले गायिका मञ्जु पौडेल र संगीतकार सन्तोष श्रेष्ठलाई नयां परिचय दीलाउने बताए । कार्यक्रममा गायिका मञ्जु पौडेलले राम्रो गीत गाउन पाएकोमा खुशी व्यक्त गरिन । साथै गीत बनाउन सहयोग पु¥याउनेलाई धन्यावाद समेत दिइन् ।
सार्बजनिकरण कार्यक्रममा गीतको म्यूजिक भिडियो देखाइएको थियो । गीतमा मञ्जु पौडेलकै छोरी स्नेहा पौडेललाई फिचरीङ गरिएको छ । स्नेहा गीतमा राम्रोसँग प्रस्तुत भएकी छिन् । भविश्यकी हिरोइनको संज्ञा समेत उनलाई दिइएको प्रजापतिले गरेका हुन् । सम्पादक निशान घिमिरे हुन् भने छायंकार दुर्गा पौडेल हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij