२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

नायिका सारिका घिमिरे अब गायिका (भिडियो सहित) 

नायिका सारिका घिमिरे अब गायिका (भिडियो सहित) 

2.5K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं/नायिका सारिका घिमिरे अब गायिका पनि भएकी छिन् । उनको स्वरमा रहेको पहिलो एल्वम मोहनीका साथ पनि श्रोता माझ आएकी छिन् । आज राजधानीमा एक कार्यक्रमका विच संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एंव वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, वरिष्ठ पत्रकार तथा गितकार शान्तिप्रिय, वरिष्ठ गायिका संगीता राना, वरिष्ठ संगीतकार राजु शाह, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, चर्चित संगीतकार सन्तोष श्रेष्ठ, अर्जुन पोखरेलले मोहनी एल्वमको लोर्कापण गरेका छन् । यस एल्वम भित्र चार वटा गीत संग्रहित रहेका छन् । के देखेर माया लगायौं, मुलको पानी, छमछम, सान्नानी रहेका छन् । यस गीतको दुई गितमा गायिका घिमिरेको शब्द रहेको छ भने एउटा गीतमा संंगीत पनि भरेकी छिन् । अभिनय क्षेत्रमा सक्रिय रहेकी घिमिरेको पहिलो प्रयासलाई अतिथि, पत्रकारहरुले खुलेर प्रशसा गरेका थिए । उनको संगीत क्षेत्रमा उज्जवल भविष्य रहेको र मेहतनका साथ अघि बढ्ने शुभकामना दिएका थिए । उक्त कार्यक्रममा एल्वममा संग्रहीत के देखेर माया लगायौं गीतको भिडियो सार्वजनिक  गरिएको थियो । भिडियो सम्पादक भरत रेग्मीको कामको सबैले प्रसंशा गरेका थिए ।  दिपज्योती थापाले  कार्यक्रम सञ्चालन गरेकी थिइन । गीतलाई छायाँछवि क्रियशनले बजारमा ल्याएको छ ।

https://www.youtube.com/watch?v=_Z0B4Pj6cHw&t=133s

यो पनि पढ्नुस्

अभिनयसगैं गायनलाई पनि अघि बढाउँछु – सारिका घिमिरे

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij