२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जेष्ठ नागरिकको सहयोगार्थ चित्रकला प्रदर्शनी

जेष्ठ नागरिकको सहयोगार्थ चित्रकला प्रदर्शनी

1.5K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /चित्रकार रचना मास्केले त्रि.बि. शिक्षण अस्पतालमा उपचार गर्न आउने बृद्धबृद्धाको उपाचारमा सहयोग पुर्‍याउने उद्धेश्यले दोस्रो एकल चित्रकला प्रदर्शनी आयोजना गर्दै छिन् ।
भदौ २८ गते देखि त्रि।बि। शिक्षण अस्पतालमा आयोजना हुने उक्त प्रदर्शनी भदौ ३० गतेसम्म संचालन हुने भएको छ । मास्केले सन् २००१ मा पहिलो एकल चित्रकला प्रदर्शनी आयोजना गरिसक्नु भएको छ ।
सरकारले केही रोगहरुको उपचारमा सहयोग गरेपनि उक्त सहयोग पर्याप्त हुन नसकेको कारण थप सहयोग मिलोस् भन्ने उद्धेश्यले उक्त चित्रकला प्रदर्शनीको आयोजना गर्न लागेको चित्रकार मास्के बताउछिन् । उनका अनुसार बिक्रि भएको चित्रकलाका सबै रकमहरु लोककीर्ति जेष्ठ नागरिक कोषको स्थापनामा सहयोग गरिने छ । उक्त कोषमा भएको रकमलाई उपचारमा आउने बृद्धबृद्धाको कमजोर पारिवारिक अवस्था र आर्थिक हैसियत हेरेर सहयोग गरिने छ । मास्केका अनुसार यस पटक आयोजना हुन लागेको चित्रकला प्रदर्शनीमा उनका ३२ वटा चित्रहरु राखिने छन् । त्रि.बि. शिक्षण अस्पतालमा नर्सिङ अफिसरको रुपमा कार्यरत रचना मास्के डायलोसिस विभाग अन्तर्गत कार्यरत छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij