
नायिका सारिका घिमिरे चलचित्र, म्युजिक भिडियो तथा विज्ञापनहरुमा व्यस्त छिन् । उनको अभिनयलाई दर्शकले रुचाएका पनि छन् । दर्शन चलचित्र, ४ दर्शन भन्दा बढि म्युजिक भिडियो तथा एक दर्जन जति विज्ञापनमा अभिनय गरी सकेकी घिमिरेको नयाँ परिचय थपिएको छ । उनी नायिकासगैं गायिका पनि भएकी छिन् । अब नायिका सारिका घिमिरे एल्वमका साथ श्रोता माझ आउँदैछिन् । २८ गते उनले आफ्नो पहिलो एल्वम मोहनी सार्वजनिक गदैछिन् । उनै नायिका तथा गायिका सारिका घिमिरेसंग अर्थ नेपालले गरेको कुराकानीको सम्पादित अंश :
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
म्युजिक भिडियो, विज्ञापनहरुमा अभिनय गरिरहेको छु । भाद्र २८ गते पहिलो एल्वम मोहनी सार्वजनिक गर्दैछु, त्यसकै तयारीमा छु । साथै स्टेज कार्यक्रममा नै व्यस्त छु ।
अब गायिका पनि ?
हजुर, सानैदेखी गायनमा रुची थियो । अहिले आएर त्यो पुरा गर्दैछु ।
गायिका कि नायिका ?
अभिनय र गायन दुवैलाईसगैं अघि लैजान्छु । मेरो लागि दुवै प्यारा छन् । गायन र अभिनय मेरो रुची र चाहनाको क्षेत्र हो । संगीतको औपचारिक शिक्षा समेत लिएकी छु ।
गीत पनि लेख्नुहुन्छ रे ?
आफु भित्र भएको प्रतिभा बाहिर ल्याउने हो । गीतहरु पनि लेखेको छु ।
गाउन सजिलो कि अभिनय गर्न ?
दुवै आफ्नो ठाउँमा गाह्रो हो । मेहनत गरेपछि त्यस्तो गाह्रो हुँदैन ।
तपाई फरक विषय वस्तुको चलचित्रमा अभिनय गर्नुको कारण ?
त्यस्तो कारण त केहि पनि छैन् । आगो–२, जीवन काडाँ की फुल, रक्तभोग, रामकुमारी जस्ता फरक विषयवस्तुका चलचित्रमा अभिनय गरेकी छु ।

परिवारको सहयोग कस्तो छ ?
पूर्णरुपमा परिवारको सहयोग छ । नत्र म यो स्थानमा हुने थिइन ।
प्रेममा हुनुहुन्छ ?
अहिलेसम्म सिंगल छु । प्रेम प्रस्ताव भने स्कुल पढ्दादेखी नै आएको हो तर आफ्नो करियर बनाउने बेलामा त्यतातिर सोच्ने फुर्सद छैन् ।
सफल कलाकार हुनका लागि के चाहिन्छ जस्तो लाग्छ ?
आफ्नो काममा प्रतिबद्ध हुुनु पर्दछ । अभिनय, नृत्य सबै कुराको ज्ञान हुनु आवश्यक छ ।
नायिकाहरुलाई चलचित्रमा खेल्ने अफर सगैं अन्य कुराको पनि प्रस्ताव आउँछ भन्छन् नी ? तपाईलाई कतिको आयो ?
अहिलेसम्म त्यस्तो कुराहरुको प्रस्ताव आएको छैन् । त्यो आफुमा पनि निर्भर गर्छ जस्तो लाग्छ ।
आफुले अभिनय गरेको दृश्य पहिला पटक हेर्दा कस्तो अनुभव भयो ?
आफुले अभिनय गरेको भिडियो जब टेलिभिजनको पर्दामा देखि तब खुसीको सिमा रहेन ।
कहिलेबाट कला क्षेत्रमा प्रवेश गर्नु भयो ?
२०६५ बाट कलाकारितामा प्रवेश गरेकी हुँ ।
संख्याको हिसावले कति वटा चलचित्र, म्युजिक भिडियो र विज्ञापनमा अभिनय गर्नु भयो ?
अहिलेसम्म ४ दर्जन भन्दा बढि म्युजिक भिडियो र ८ वटा भन्दा बढि चलचित्र र १ दर्शन भन्दा बढि विज्ञापनमा अभिनय गरेकी छु ।
भावि योजना ?
म कहिले पनि योजना बनाएर हिड्दिन । अघि जस्तो परिस्थिती आउँछ । त्यसको सामना गर्ने हो । चलचित्र क्षेत्रमा नै लाग्छु भन्ने हो । तर भोली के हुन्छ थाहा छैन् ।
अत्न्यमा ?
आजसम्म माया गरिदिनु भएको छ । अब म नयाँ परिचयका साथ आउँदैछु । मेरो गीतलाई सुनेर सल्लाह र सुझाव दिन श्रोता दर्शकलाई आग्रह गर्दछु ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij