
अर्थ नेपाल संवाददाता
काठमाडौं /मिसेस नेपाल इन्टरनेशनल २०१७ का लागि भोटिङ खुल्ला भएको छ । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हुने यो प्रतियोगिता आगामी असोज ३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमो इभेन्ट निर्देशक निशु झाले जानकारी दिए ।
विभिन्न पेशामा आबद्ध तथा गृहीणीका रूपमा रहँदै आएका बिबाहित महिलालाई समाजप्रति उत्तरदायी बनाउँदै उनीहरूको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पु¥याउन मिसेस नेपाल इन्टरनेशनल २०१७ गर्न लागिएको झाले बताए । प्रतियोगिताको विजेताले पुरस्कार स्वरुप स्कुटर पाउनुका साथै अमेरिका २०१८ मा हुने मिसेस इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने उनले बताए ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा सुरुची पाण्डे, अन्विशा शेर्पा, शोभा शाक्य, सस्मीना राउत, प्रतिमा महर्जन, सन्ध्या गौतम घिमिरे, रिया राई, सम्झना भेटवाल, सरु थापा, प्रीति घिमिरे, अजिता तामाङ श्रेष्ठ, दिलमाया गुरुङ, मिरा थापा भण्डारी, रिता सिंह रिमाल, गुञ्जना ढुंगाना, सृजना अधिकारी शाक्य, प्रज्ञा खत्री, संगीता श्रेष्ठ, हेमन्ती साउद विष्ट, ममता गुप्ता दारुका, रेणु श्रेष्ठ महर्जन, शर्मीला श्रेष्ठ, संगीता कार्की खड्का, सुन्दरा सुनार, ज्योति दाहाल पनेरु, सृजना महर्जन, जलता खनाल आचार्य, लक्ष्मी गुरुङ श्रेष्ठ, पूजा लामा कुंवर, आशा भण्डारी , यशोदा पोखरेल, इसा भट्टराई, सीता ओली, स्वस्तीका पौडेल चौधरी, सम्झना त्रिपाठी, लक्ष्मी तिम्लसिना, उर्मीला श्रेष्ठ, प्रतिज्ञा राई, सृष्टिका गुरुङ, सुमीत्रा कट्टेल, सारिका मल्ल प्रधान, सरस्वती मगर शाक्य रहेका छन् ।
नयाँ वानेश्वरस्थित होटेल रानी महलमा विभिन्न विज्ञहरुद्धारा व्यक्तित्व विकास, अन्तर्राष्ट्रिय मोडलिङ वर्कशप, ग्रुमिङ, क्याटवक, श्रृंगार, जुम्बा, हस्पीटालीटी मेनेजमेन्ट, फेशन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षण पश्चात प्रतियोगितामा उतारिने भएको छ । श्रद्धा खरेल र सम्राट शाहको संयोजकत्वमा हुने प्रतियोगितामा कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी रहनेछ ।



© 2026 All right reserved to arthanepal.com | Site By : Sobij