२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्रीसमा नेपालको उत्कृष्ट प्रस्तुति

ग्रीसमा नेपालको उत्कृष्ट प्रस्तुति

2.8K
Shares

 

किरण अधिकारी, अर्थ नेपाल

काठमाडौं /सांस्कृतिक आदान प्रदान गर्दै नेपाललाई विश्वसामु परिचित गराउँदै आइरहेको एभरेष्ट नेपाल कल्चरल ग्रुपले हाल ग्रीसको स्कोपेलोस तथा सालोनिकी शहरको छुट्टा छुट्टै अन्तराष्ट्रिय लोक सांकृतिक मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर नेपाल फर्किएको छ ।
एभरेष्ट नेपालका कल्चरल ग्रुप प्रमुख रामचन्द्र कोइरालाको संयोजकता तथा ग्रुपका निर्देशक मिराज कोइराला र सीतल आचार्यको अगुवाईमा गएको टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको थियो । उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, झोडा, सतार , शेब्रु, धिमाल, यती झाक्री, सोरठीका साथै दर्जनौ नृत्यहरु प्रदर्शन गरिएको थियो ।
मेलालामा ग्रुपका प्रमुख रामचन्द्र कोइराला, निर्देशक मिराज कोइराला र सितल आचार्य , शम्भु शाही, कृष्ण रेउले, रुपिन डङोल, राजु गिरी, सपना महर्जन, अनिता अधिकारी, सिमरन शाही, प्रमिला रिजाल लगाएत कलाकार हरु सहभागी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij