
अर्थ नेपाल संवाददाता
काठमाडौं /एक्शन, कमेडी र सामाजिक बिषयवस्तु समेटिएको चलचित्र ‘एकलब्य’को छायाँकन अन्तिम चरणमा पुगेको छ । निर्माता अवि थापाका अनुुुसार चलचित्रको ‘छायाँकन अव केही प्रतिशत मात्र बाँकी छ । अब गीतको लागि यो हप्ता पोखरा जाने तयारी भइरहेको उनले जानकारी दिए ।
अवि थापा निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता राजेन्द्र दुलाल रहेका छन् भने कार्यकारी निर्माता प्रविण श्रेष्ठ हेका छन् । अनमोल शर्मा निर्देशिन योे चलचित्रमा हुन् । शंकर महर्जनको द्वन्द्व, वसन्त सापकोटाको सङ्गीत, कविराज गहतराज र रामजी लामिछानेको नृत्य रहनेछ ।
अवि फिल्मस् प्रोडक्शनको प्रस्तुति रहेको चलचित्रमा सोनम थापा, पुष्कर राउत, महिमा सिल्वाल, ओशिन भट्टराई, शुशिल पोख्रेल, उमेश खडका, सुष्मा कार्की, रामचन्द्र अधिकारी, उग्रसेन ढुङ्गाना, राजेन्द्र दुलाल, सीपी पौडेल, नवीन रेग्मी, सुमित्रा ढकाल, विराट ल्वागुन, कमल आले, भोला अधिकारी, पेमा लामा, दावा लामालगायतका कलाकारको अभिनय रहने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij