२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोखराका सम्पादकहरु अभिमुखिकरण कार्यक्रम

पोखराका सम्पादकहरु अभिमुखिकरण कार्यक्रम

1.5K
Shares

महासंघका सदस्य ज्ञवालीलाई सम्मान

अर्थ नेपाल संवाददाता
पोखरा /पोखरा क्षेत्रका सम्पादक तथा समाचार संयोजकहरु तीन दीने अन्तरकृया तथा अभिमुखिकरण कार्यक्रममा जुटेका छन । सुचना तथा सञ्चार मन्त्रालय सुचना विभागको आयोजना नेपाल पत्रकार महासंघ कास्कीका संयोजनमा शुक्रबार देखि सुरु भएको सञ्चार माध्यममा कार्यरत सम्पादकहरुका लागि अन्तरकृयात्मक अभिमुखिकरण कार्यक्रममा पोखराका सम्पादनक तथा समाचार संयोजकहरु जुटेका हुन ।

पत्रकारको विकास र शान्ति सुरक्षा कायम गर्दै पत्रकारको निती तथा कार्यक्रम बनाउदा समेत थप टेवा पुग्ने उद्धेश्यले विभागले पोखरामा यस्तो कार्यक्रम आयोजना गरेको विभागका महानिर्देशक विर बहादुर राईले बताए । संचार माध्यमहरु जति प्रकारका भए पनि देशमा शान्ति र समृद्धि स्थापना गर्न एउटै उद्धेश्यले अघि बढेको उनले बताए ।

पोखरा क्षेत्रका विभिन्न संचार माध्यममा कार्यरत सम्पादक तथा समाचार संयोजक गरी ३५ जना भन्दा बढी सहभागि भएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । पत्रकारीतालाई अझ बढी सम्वेदनशिल र जिम्मेवार गराउन उक्त तालिमले थप मद्धत पुराउने उनले विश्वास व्यक्त गरे । श्रोत व्यत्ति डा. सुरेस आचार्य र शरदचन्द्र वस्तीले कार्यक्रममा सहजीकरण गरेको महासंघ कास्कीका सचिव राम प्रसाद तिमिल्सिनाले बताए ।

यसै बिच नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीलाई सम्मान गरिएको छ । महासंघको हालै सम्पन्न २५ औं महाधिवेसनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा महासंघ कास्कीले उनको कार्यकालको सफलताको कामना सहित सम्मान पत्र, दोसला र माला लगायर सम्मान गरेको हो ।

कार्यक्रममा सुचना तथा सञ्चार मन्त्रालय सुचना विभागका महानिर्देशक बिर बहादुर राई र महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सम्मान गरेका हुन । सो अवसरमा उनले सम्पादकलाई तालिम दिने नाममा विज्ञापनको बिषयमा छलफल नगर्न आग्रह गर्दै एकै व्यक्ति प्रकाशक÷सम्पादक र वितरक भएमा संस्थागत हुन नसक्ने दाबी गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij