
अर्थ नेपाल संवाददाता
काठमाडौं/ नाटक जुनकिरी त्यो हो जस्लाई हरेक तप्का र तहका हरेक बर्गले एकपटक हेर्नै पर्दछ । यस नाटक गत साल २०७३ भाद्रमा ११ शो मञ्चन गरिएको थियो । सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन तथा मानवसेवा आश्रमको साधिका समेत रहनु भएकी नानी थापाले अशक्त, अनाथ, अपाङ, असाहय एंव मनोरोगी भई सडकका पेटीहरू एंव सार्वजनिक स्थलहरूमा कष्टकर जीवनयापन गर्न विवश विभिन्न उमेर समूहका सहयोगापेक्षी मानवहरूको उद्दार, औषधोपचार, पारिवारिक पुन :मिलनको सेवामा जुट्दै आईरहेको मानवसेवा आश्रमको सेवा कार्यमा टेवा पुर्याउने अभिष्टले आर्थिक सहयोग जुटाउने सामाजिक सोचले हेटौंडामा भाद्र २३ गते पुनः मञ्चन गरिएको हो भने सिन्धुपाल्चोक को माझी बस्ती पुनर्निर्माणको लागि सहयोगार्थ भदौ २६ देखि असोज ५ सम्म राष्ट्रिय नाचघर जमलमा मा हरेक दिन २ र ५ बजे नियमित दुई शो प्रदर्शन हुँदैछ ।
नाटककी पात्र जूनकिरीले हाम्रै वरिपरि भैरहेको र हामीले दैनिक जीवनमा देखिरहेका, सुनिरहेका,भोगिरहेका र अनुभव गरिरहेका घटना र पात्रहरुको प्रतिनिधि भएर घटनाहरु लाई जीवन्त रुपमा रङ्ग मन्चन गर्ने भरपुर प्रयत्न गर्दछे ! आधुनिक युवा पुस्ताहरुको सोच र अनेकन् भ्रमहरुलाई चिर्दै किशोर अवस्थामा देखिन सक्ने बिभिन्न समस्याहरुलाइ उनिहरु स्वयं, परिवार र समाजले सही ढङ्गले समाधान र सम्बोधन गर्नुपर्ने लगायत सामाजिक विभेद र बेथितीको बिरुद्धमा सॉंचिकै जूनकिरीले ज्योती छर्दै नाटक निकै शसक्त रुपमा प्रस्तुत भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij