२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रेममा छैन्, भ्याकेन्सी खुल्ला छ – मञ्जिता केसी

प्रेममा छैन्, भ्याकेन्सी खुल्ला छ – मञ्जिता केसी

4.2K
Shares

 

म्युजिक भिडियामा सबै भन्दा व्यस्त मोडलको रुपमा परिचित छिन् मोडल तथा नायिका मञ्जिता केसी । ६ सय भन्दा बढि म्युजिक भिडियो, केहि चलचित्र तथा विज्ञापनमा अभिनय गरेर दर्शकको मनमा बस्न सफल भएकी छिन् । देश तथा विदेशमा हुने कार्यक्रमहरुमा पनि उनको माग हुने गरेको छ । अभिनय कलामा निपूर्ण रहेकी मोडल तथा नायिका मञ्जिता केसीसंग अर्थ नेपालले गरेको कुराकानीको सम्पादीत अंश :

 अहिले केमा व्यस्त हुनुहुन्छ ?
म्युजिक भिडियोहरुमा नै व्यस्त छु । त्यो बाहेक विभिन्न कार्यक्रमहरुमा सहभागी भइरहेको छु ।
 चलचित्रमा भन्दा बढि म्युजिक भिडियोमा बढि व्यस्त हुुनु भयो नी ?
चलचित्रबाट प्रस्ताव त आएका छन् तर चित्त बुझ्दो स्कृप्ट नभएर नगरेको हो । संख्यामा भन्दा पनि राम्रो व्यानरसंग काम गरौं भन्ने हो ।
रंगीन पर्दाको जीवन र रियलमा के फरक छ ?
आकास पातलको फरक छ ।
कलाकारिता आउन केले प्रेरित ग¥यो ?
चलचित्र तथा टेलिभिजनमा आउने रहरले नै कलाकारितामा आएको हो ।


पहिलो चोटी अभिनय गर्दाको अनुभव कस्तो रह्यो ?
अभिनय गर्न सक्दिन की भन्ने मनमा डर थियो ।
 टेलिभिजनको पर्दामा आफुलाई पहिलो चोटी देख्दा कस्तो लाग्यो ?
सुरुमा आफुलाई चिन्न सकिन । धेरै चोटी हेरेपछि बल्ल आफु हुँ भन्ने लाग्यो । एकदम खुशी र रमाइलो लाग्यो । आफुले केहि गर्न सक्दो रहेछु भन्ने लाग्यो ।
 आफन्तको प्रतिक्रिया कस्तो रह्यो ?
भिडियो हेरेर आफन्तको प्रतिक्रिया राम्रो दिनु भयो ।
सुरुमा र अहिलेमा के फरक छ ?
सुरुमा सबैले कामका लागि भेट्नै बोलाउने अनि समय मात्र बवार्द हुन्थ्यो । अहिले फोनबाटै सबै काम हुन्छ । कामको लागि दुई तिन दिन अघि खबर गर्नु हुन्छ । पहिला काम थोरै कुरा धेरै हुन्थ्यो । तर अहिले काम धेरै कुरा थोरै हुन्छ ।


नायिकाहरुलाई विभिन्न प्रस्ताव आउँछन् भन्छन् नी ?
आउन न आउथ्यो । तर त्यसलाई म त्यतिकै टार्दिन्थे । त्यसलाई आफुले कसरी लिने भन्नेमा भर पर्छ ।
ड्रेस कतिसम्म लगाउनु हुन्छ ?
आफुलाई सहज हुने ड्रेस लगाउँछु ।
प्रेममा हुनुहुन्छ ?
छैन् । खाली छु ।
भ्याकेन्सी खुल्ला हो ?
भ्याकेन्सी खुल्ला छ ।


 कलाकार हुनका लागि के चाहिन्छ जस्तो लाग्छ ?
राम्रो, अभिनय, हाइट सबै कुरा चाहिन्छ ।
जीवन के रहेछ ?
जीवन संघर्ष हो ।
भावि योजना के छ ?
कलाकारितामा क्षेत्रमा राम्रो गर्दै जान्छु । व्यापार गर्ने योजनामा छु । भविष्यमा निर्माता बन्छु ।
 धेरै अवार्ड जित्नु भयो है ?
यतिका वर्षको मेहनत पछिको प्रतिफलको रुपमा अवार्ड पाए । दर्शकको माया नै सबै भन्दा ठुलो हो ।
 अन्त्यमा ?
मेरो भावना राख्ने अवसर दिनु भएको अर्थ नेपाललाई धन्यवाद । दर्शकलाई अझ बढि माया गर्दिनु होला भन्न चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij