२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तेस्रो एल्वम लिएर आउँदै गायिका रमिता भण्डारी

तेस्रो एल्वम लिएर आउँदै गायिका रमिता भण्डारी

1.8K
Shares

 

लोकप्रिय गायिका तथा मोडल रमिता भण्डारी आफ्नो तेस्रो एल्वमको तयारीमा जुटेकी छिन् । गायनसगैं अभिनयमा व्यस्त रमिताले अभिनय गरेका गीतहरु सार्वजनिक भएसगैं दर्शक श्रोताको मन जित्न सफल हुने गरेका छन् । गायनसगैं अभिनय, लेखनमा पनि पोक्त भएकी रमिता इभेन्टको क्षेत्रमा चर्चित नाम हो ।
दुई वटा सोलो एल्वम ल्याइसकेकी भण्डारी इभेन्ट कम्पनि रशलाइट मिडियाकी अध्यक्ष हुन । उनले नेपालमा मात्र होइन दुवई, हङकङ, भारत जस्ता मुलुकमा सफलता पूर्वक कार्यक्रम सम्पन्न गरेकी छिन् ।
उनले जीवनको यात्रामा तिता मिठा अनुभवहरु संगालेकी छन् । दुःख र पिडालाई शक्तिमा रुपान्तरण गर्दै संघर्षको यात्राबाट सफलताको मार्गमा लम्किरहेकी छिन् । रमिता भण्डारी नेपालीको मन मुटुमा बस्न सफल गायिका तथा मोडल हुन । नेपाली गीतसंगीतमा लाग्दै गर्दा साथीभाईको हौसलाले उनी मोडलिङ क्षेत्रमा पनि प्रवेश गरिन । उनी गायिका, मोडल मात्र होइन कोरियोग्राफरको रुपमा परिचित छिन् । धेरै फेशन शो तथा सौन्दर्य प्रतियोगितामा कोरियोग्राफरको रुपमा काम गरेकी छिन् । जस्तो सुकै कठिनाइमा पनि नेपाली गीतसंगीतको क्षेत्र भने नछोड्ने अठोट लिएकी छन् । परिवारको साथ र सहयोगले उनको यात्रालाई अझ सहज बनाएको अनुभुति गरेकी छन् । कार्यक्रम गर्न सहज नभए पनि उनले वर्षमा धेरै कार्यक्रमहरु सफल रुपमा आयोजना गर्दै आएकी छन् । अहिले नेपाल फेशन आइडल २०१७ नामक सौन्दर्य प्रतियोगिता गर्दै छिन् । फेशन शो कार्यक्रमहरु गर्दै आएकी रमिता दशैंको अवसरमा अर्को फेशन शो गर्ने तयारीमा छिन् । अब छिट्टै तेस्रो एल्वम श्रोता माझ ल्याउने उनले बताइन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij