२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चलचित्र ऐश्वर्यको पोष्टर सार्वजनिक

चलचित्र ऐश्वर्यको पोष्टर सार्वजनिक

1.8K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /चलचित्र ऐश्वर्यको पोष्टर सार्वजनिक गरेको छ । चलचित्रको गीत यति बेला चर्चामा रहेको छ । सार्वजनिक गरिएको पोष्टरमा चलचित्रका मुख्य तीन कलाकार रमेश उप्रेती, दीपिका प्रसाईं र प्रशान्त ताम्राकार राखिएको छ । । चलचित्र कार्तिक ९ मा रिलिज हुनेछ ।
चलचित्रमा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । चलचित्रमा डेब्यु अनुहार दीपिका सुपर मोडलकै भूमिकामा छिन् । चलचित्रमा केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठलगायतको पनि अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता हुन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij