
अर्थ नेपाल संवाददाता
काठमाडौं / गायक प्रराज पौडेलको आवाजमा रहेको ‘कहिले तिम्रो आँखाले‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार तथा गीतकार अम्बिका गुरुङको शब्दमा रहेको गीतमा निल गुरुङको संगीत रहेको छ भने सुमन केसीले संगीत संयोजन गरेका छन् ।
निराजन प्रधान तथा सृष्टि खड्काको अभिनय रहेको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् । हरी हुमागाईँको छायांकन, निशान घिमिरेको सम्पादन रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij