
अर्थ नेपाल संवाददाता
काठमाडौं /राजधानीको प्रज्ञा प्रतिष्ठानमा गायिका चन्दा देवान गुञ्जिएकी छन् । शनिबार भएको एकल साँझमा गुञ्जिएकी हुन् । उनका २ गीतमा कलाकारले नृत्य प्रस्तुती समेत दिएर माहोललाई अझ गुञ्जयमान बनाइका थिए । सो कार्यक्रममा देवानका २ गीतका म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा चन्दाले ‘खिर मिठो, तिम्रो कथा, भेट्नु छुट्नु, नगर्जिने बादल, त्यो फड्के साँघुले’सहित एक दर्जन गीत प्रस्तुत गरेकी थिइन । उनको केही दिनमात्र एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको थियो ।
सेलिब्रेटी म्यानेजमेन्ट नेपालले आयोजना गरेको सो कार्यक्रममा बाँचा एल्बमको विमोचन पनि गरिएको थियो । एल्बमलाई गीतकार रत्नशमशेर थापा, सुकमित गुरुङ, दिनेश अधिकारी प्रकाश गुरुङलगायतले विमोचन गरेका थिए ।
‘सेलिब्रेटी म्यानेजमेन्ट नेपालले स्रष्टा सम्मान अन्तर्गत थुप्रै कामहरु गर्दै आएको छ । यो एकल साँझ पनि त्यस्तैको निरन्तरता हो’, म्यानेजमेन्टकी निर्देशक सरु श्रेठले भनिन् । अन्य सामाजिक कार्यहरुमा पनि हात बढाएको यो सस्थाले पछिल्लो समय थुप्रै कार्यहरु गर्दै आएको छ ।
एल्बमलाई म्युजिक जोय मिडियाले बजारमा ल्याएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij