
अर्थ नेपाल संवाददाता
काठमाडौं /नायिका तथा मोडल सारिका घिमिरे अभिनित म्युजिक भिडियो छोडेपनि यो हावा बहन सार्वजनिक भएको छ ।
मेलिना राई र केशव भावुक स्वर रहेको यस गीतमा राम चेम्जुङको शब्द छ भने विनोद खम्बुको संगीत रहेको छ ।
रामकुमार केसीको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन तथा निर्देशन रहेको छ । सारिकालाई अभिनयमा दिनेशले साथ दिएका छन् ।
नायिका घिमिरे अभिनयको क्षेत्रमा लोकप्रिय छिन् । उनी अब गायिकाको रुपमा श्रोता माझ आउँदैछिन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij