२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बाढीपीडितलाई गायिका टीका पुन र मोडल दीपाशा बिसीद्धारा राहत वितरण

बाढीपीडितलाई गायिका टीका पुन र मोडल दीपाशा बिसीद्धारा राहत वितरण

2.7K
Shares

किरण अधिकारी, अर्थ नेपाल
नुवाकोट/बाँके र बर्दिया जिल्लाका बाढीपीडितलाई भेरी कलाकार समाज काठमाडौंले राहत वितरण गरेको छ ।
बाँके जिल्लाको राप्तीपारि लालपुर गाउँमा ८२ घरपरिवारलाई एक लाख रुपैयाँ बराबरको राहत वितरण गरेको हो । यस्तै, बर्दिया जिल्लाको भादाखोला सुर्जेगौडीमा ९६ घरपरिवारलाई एक लाख रुपैयाँ बराबरको राहत वितरण गरेको छ ।


राहत वितरणमा भेरी कलाकार समाज काठमाडौंकी अध्यक्ष गायिका टीका पुन, महासचिव मोडल तथा नायिका दीपाशा बिसी र सहकोषाध्यक्ष राजु सोनाम र सदस्य बलु आरसी गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij