२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रपतिबाट ३६५ जना गायक गायिकाको स्वर भएको ‘मिलनकोली’ सार्वजनिक

राष्ट्रपतिबाट ३६५ जना गायक गायिकाको स्वर भएको ‘मिलनकोली’ सार्वजनिक

1.8K
Shares


अर्थ नेपाल संवाददाता
काठमाडौं/विश्वमै पहिलो पटक ३६५ जना गायक गायिकाले संयुक्त रुपमा गाएको गीत शनिबार सार्वजनिक गरिएको छ । काठमाडौँको आर्मी अफिसर क्लबमा आयोजित एक कार्यक्रममा ‘मिलनकोली’ शिर्षक दिइएको उक्त गीत सार्वजनिक गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रकवी माधवप्रसाद घिमिरेलगायतको उपस्थितिमा सार्वजनिक गरिएको उक्त गीतमा राष्ट्रकवी घिमिरेदेखि नेपालका ख्याती प्राप्त गायक गायिका एवम् सङ्गीतकर्मी कलाकारहरुको स्वरमा रहेको रहेको छ । जसमा ५ वर्षीया गायकलगायतको स्वर समावेश गरिएको छ । वातावरणसम्बन्धी चेतनामूलक ‘मिलानकोली’ नामक गीत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०७३ जेष्ठ ०६ गते विहिबार रेडियो नेपालको स्टुडियो सिंहदरबारमा एकै दिनमा रेकडिङ्ग गरिएको थियो ।
वातावरण संरक्षणको विषयलाई उठान गरी तयार पारिएको उक्त गीतमा शब्द तथा सङ्गीत निपेश ढाकाको रहेको छ ।
एउटै गीतमा ३६५ जना गायक गायिकाहरूले स्वरांकन गरेको पहिलो गीत भएको र अहिलेसम्म विश्वमा कतैपनि यो प्रयास नगरिएकोले यो गीत गिनिज बुक अफ द वल्र्डमा रेकर्ड हुने सङ्गीतकार निपेश ढाका बताउँछन् ।
कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले वातवरण सम्बद्र्धन र संरक्षणका लागि सुरु गरिएको यो अभियान उत्कृष्ट भएको भन्दै सलफताको कामना गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij