२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बढी भाडा असुल गर्ने सवारी साधन कार्वाहीमा

बढी भाडा असुल गर्ने सवारी साधन कार्वाहीमा

3K
Shares

अर्थ नेपाल संवाददाता

पोखरा/नेपालीहरुका पर्वहरु नजिकिदै गएको बेला पोखरा क्षेत्रमा चल्ने सार्वजनिक यातयातका सवारी साधनले वढी भाडा लिइ यात्रु ठगी गर्ने सवारीहरु लाई प्रहरीले पक्राउ गर्न थालेको छ । पोखरा उपत्यका भित्र संचालनमा रहेका सार्वजानिक (माईक्रो र मिनी माईक्रोबस) ले तोकिएको भाडा दर भन्दा बढी भडा लिई यात्रु ठगी गरेको भन्ने यात्रुले गुनासो गरे पछि सवारी साधन कार्वाही गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खडग वहादुर खत्रीले वताए । गुनासोका आधारमा कास्की जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्दा एक दर्जन सवारी साधन कार्वाहीमा परेका छन । सबारी साधनले यात्रुबाट तोकिएको भाडा दर भन्दा बढी भाडा लिए पछि सवारी साधनका चालक तथा परिचालक एवं सवारी साधनलाई पक्राउ समेत गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ६ को दफा ९६ बमोजिमको कसुरमा ऐनको परिच्छेद १० को दफा १६० को देहाय २ (ख) बमोजिम आवश्यक कार्वाहीको लागि यातायात व्यवस्था कार्यालय गण्डकीमा पठाइएको थियो ।  यातयात व्यवस्था कार्यालयले पक्राउ सवारी साधनहरुलाई जनही पाँच हजार रुपैया जरिवाना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij