राष्ट्रपुकार अमेरिका/ अमेरिकी नेपाली समाज भाड्ने तरिकाले डाक्टर केशब पौडेलले मिरा श्रेष्ठ नामको महिलालाइ प्रयोग गरेर अहिलेको एनआरएनए अमेरिकाको सबै भन्दा बलियो उम्मेदवार रबिना थापाको पक्षमा भएको जनमतलाइ भ्रम तरिकाले गलत समाचार सम्प्रेषण गरेको छ । एनआरएन अमेरिकाको अध्यक्ष डाक्टर केशब पौडेलको वरिपरिको केहि व्यक्तिहरु मार्फत गलत तरिकाले नेपाली समाजमा भ्रम फैलाउने काम गरेका छन् । आफु चुनाव हार्ने पक्का भएको देखेपछि अनेक थरिको उपायहरु अपनाई रहेका छन् ।
बिगतमा खगेन्द्र जिसीको पाला सम्म एनआरएनए अमेरिका शान्त र एकता रहेको थियो जब डाक्टर केशब पौडेल एनआरएन अमेरिकाको चुनाबमा उम्मेदवार भएर निर्बाचन जिते लगतै फर्जी मतको कारणले जितेको प्रमणित भएको थियो । त्यसै दिन देखि एनआरएनए अमेरिकामा किचलो र अशान्तिको बिजारोपण भएको हो । केशब पौडेलले चुनाबमा नक्कली सदस्यहरु बनाएर धाँदली गरी जितेको आरोप समेत लागेको थियो । डाक्टर केशब पौडेललाई टेनेसीको कोर्टमा अमेरिकी एनआरएनहरुले मुद्दा दायर गरेका थिए तर अहिले सम्म पनि सो मुद्दा फैसला भएको छैन । ६०० फर्जी मत एउटै कम्प्युटरको आइपीबाट खसालेको कोर्टले समेत प्रमाणित गरि जरिवाना स्वरूप डा. केशव पौडेललाई कोटले ६ हजार डलर तिराएको थियो ।

अहिले फेरी डाक्टर केशब पौडेलले मिरा श्रेष्ठ नामको महिलालाइ १५ हजार डलर दिएर गलत रुपमा प्रयोग गरेको बिशेष सुत्रबाट थाहा हुन् आएको छ । जबकि मिरा श्रेष्ठ र रबिना थापाबीच भएको घटनामा रबिना थापा उल्टै फसेको प्रमाण भेटीएको छ रबिना थापाले श्रीमान्बाट पिडित निज मिरा श्रेष्ठलाइ घरभाडामा लिएर ब्यबसाय खोल्न सम्पूर्ण कागजातहरु कम्पनि दर्ता लगायत कानुनी कुराहरु आफैं जमानी बसिदिएर सबै ठिक्क पारिदिएका थिइन् तर मिरा श्रेष्ठ भने कुनै पनि करारहरू रद्द नगरी ९ महिना सम्म सम्पर्क बाहिर रहेकी थिइन । पसल भाडामा लिज साइन गरेर मिरा श्रेष्ठले एक महिनाको भाडा र एक महिनाको धरौटी स्वरूप जम्मा २ दुइ हजार डलर मात्र तिरेकी थिइन ८ महिना सम्म घरभाडा र पसलको लिज पेपर क्यान्सेल गर्नु कम्पनीको नाम र ट्याक्स आइडी क्यान्सिल गर्नु भन्दा पनि वास्ता नगरेको कारणले घरभेटिले रबिना थापालाई ९ महिनाको भाडा मागी मानसिक तनाब दिँदा सो घटना कोटमा पुगेको थियो सोहि घटनालाइ गलत रुपमा प्रयोग गरि डाक्टर केशब पौडेलले आफ्ना सुत्रहरुलार्इ प्रयोग गरि मिरा श्रेष्ठलाइ हतियार बनाएर रबिना थापालार्इ एनआरएनए अमेरिकाको बहुमतको ओइरो लागेको देख्दा समाजलाइ गलत समाचार दिदा आफुले तेस्को फाइदा पाइने लोभमा केशब पौडेलले यस्तो हर्कत गरेको एनआरएनहरु बताउँछन् ।
डा. पौडेलले चुनाबी क्याम्पियन गर्दा क्यालिफोर्नियामा १०र१२ जनाको उपस्थिति र भर्जिनिया टेक्सासमा पनि समर्थकहरुनै नदेखेकोले हतोत्साहित भएर र रबिना थापाको टेक्सास , संफ्रंसिस्को ,लसएञ्जलस र न्यु योर्कमा जनसागर नै समर्थन देखेपछि डाक्टर केशब पौडेलको हार हुने देखिएको छ । ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij