राष्ट्रपुकार पोखरा/ ‘ऋषि लीला स्मृति पत्रकारिता पुरस्कार काठमाडौंबाट प्रकाशन तथा प्रसारण हुने एजिङ नेपालका अध्यक्ष तथा प्रधान सम्पादक कृष्णमुरारी गौतम ९चट्याङ मास्टर० लाई प्रदान गरिने भएको छ । यो पत्रकारिता पुरस्कार नेपालमा पहिलो पटक स्थापित ज्येष्ठ नागरिकसम्बन्धी पुरस्कार हो । गौतम विगत साढे तीन दशकदेखि पत्रकारिता क्षेत्रका साथै ज्येष्ठ नागरिकको शिक्षा तथा नेतृत्व विकासमा क्रियाशील छन् । स्व ऋषिकेशव पराजुलीको स्मृति दिवस पारेर सम्मान गरिने सो पुरस्कारको २० हजार नगद रुपैयाँका साथमा सम्मानपत्र र दोसल्ला रहेको छ ।
प्रतिभा छनौट समितिका संयोजक तथा प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकको अध्यक्षतामा बसेको बैठकले गौतमलाई उक्त पुरस्कारबाट सम्मान गरिने निर्णय गरेको हो ।
प्रेस स्वतन्त्रता सेनानी तथा ज्येष्ठ नागरिक महासंघ प्रदेश नम्बर ४ का संयोजक कुसुमकेशव पराजुलीले आफ्ना पितामाताको स्मृतिमा स्थापित सो पुरस्कार ज्येष्ठ नागरिकका क्षेत्रमा विगत पन्ध्र वर्षदेखि समाचार प्रकाशन तथा प्रसारण गर्ने व्यक्तित्व वा संघसंस्थालाई प्रदान गर्दै आएको छनौट समितिका सदस्य सचिव केशवराज लम्सालले जानकारी दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij