२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कांग्रेस विचार र शैली

कांग्रेस विचार र शैली

2.2K
Shares

रामचन्द्र घिमिरे


नेपाली कांग्रेस भनेपछि मानिसहरुले लोकतन्त्रवादी संस्था, नेपालको राजनीतिको मियो, राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद आदर्श, सिद्धान्त र कार्यक्रम भएको पार्टी भनेर बुझिने गरिन्छ । मुलुकमा घटेका सबै तहका राजनीतिको प्रतिक र प्रहार कांग्रेस भएको छ । पछिल्लो इतिहासमा राणाहरुको १०० वर्षको शासन कांग्रेसले ढालेको छ । शाह वंशको २०० वर्षको शासन कांग्रेसले ढालेको छ । पछिल्लो समय जनताको प्रतिनिधि बनेर संविधानसभाबाट संविधान निर्माण गरेको छ । संविधानमा व्यवस्था गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्नका लागि निर्वाचनको प्रक्रिया कांग्रेसले अघि बढाएको छ । आफ्नो मुलुकलाई राज्य संचालनको नयाँ संरचना संघीय शासन प्रणालीलाई विचार र शैलीका रुपमा कांग्रेसले अघि बढाउँदैछ । लोकतान्त्रिक शासनका मोडलहरु विश्वमा विभिन्न किसिमका छन् । सबै भन्दा विश्वमा प्रजातन्त्रको मोडलको रुपमा आएको व्यवस्था संसदीय शासन व्यवस्था हो । बेलायतमा क्रमवेलले गणतन्त्र स्थापना गरेर प्रजातन्त्रको पहिलो अभ्यास सुरुगरे । केही वर्ष चलेर गणतन्त्रको सट्टा पुन राजतन्त्र पुनस्थापना भएपछि यसको अभ्यास अझ बढी बलियो रुपमा अभ्यास भयो । यहीं रुप विश्वमा उदाहरण बने र अभ्यास यसैमा हुँदै आयो । यस पछि विश्वलाई लोकतान्त्रिक व्यवस्थाका रुपमा विकल्प दिएको अमेरिकी शासन पद्धति हो । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको अभ्यास सुरुका दिनबाट नै अमेरिकाले अभ्यास ग¥यो । सायद यसैको परिणाम हुन सक्छ विश्वमा भएका विश्वयुद्धहरुको नेतृत्व अमेरिकाले गर्दै आउन पाएको छ । यतिखेर धेरै पुरानो संस्कार र सभ्यता भएको बेलायत अमेरिकाकै पछि छ । अमेरिकालाई आजको अमेरिका बनाउन उनीहरुले अझै यसलाई संघीयताको संरचनामा लगे । आज ५१ वटा देश संयुक्त राज्य अमेरिका बनेका छन् र उनीहरुलाई गर्वको अनुभूति छ । भारतमा गएको ५० वर्षको अनुभव र नेपालले अभ्यास गर्न खोजेको संघीयताका विषयमा धेरै किसिमबाट टिकाटिप्पणीहरु भइरहेका छन् । अभ्यास नहुदै आलोचना गर्नु भनेको बौद्धिक विलासिता हो । जनतालाई आश्वस्त बनाएर नयाँ संविधान अनुसार अघि बढाउन खोजिएको शासन प्रणाली नेपाल सुहाउदो र नेपालको उन्नतिको लागि उपयुक्त छ भन्ने कुरा कांग्रेसको विचार र शैलीले देखाउन जरुरी छ ।

 

यतिखेर कांग्रेस आलोचनाको केन्द्र भागमा छ । जनताको आलोचना वर्तमान नेतृत्वको कार्यशैलीका कारण भएको हो । यो जायज पनि छ । जनताको यस्तै शैलीले कांग्रेसलाई सुधार्ने छ । वर्तमान कांग्रेसका सभापति शेरबहादुर देउवा इतिहास निर्माण गर्नु भएकै व्यक्तित्व हो । अझ २०४६ साल पछिको राजनीतिक अवस्थामा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला पछि लगत्तै प्रधानमन्त्री भएको व्यक्तित्व हो । आज देउवाको बारेमा भएको आलोचना अहिलेको समयको युवाको माग, नयाँ पुस्ताको माग, सिद्धान्त र विचारको मागलाई राम्रो सँग बुझ्न नसकेर हो ।

नेपाली कांग्रेको विचार र शैलीले नै नेपालको राष्ट्रियतालाई बलियो बनाउ छ । यतिखेर कांग्रेस आलोचनाको केन्द्र भागमा छ । जनताको आलोचना वर्तमान नेतृत्वको कार्यशैलीका कारण भएको हो । यो जायज पनि छ । जनताको यस्तै शैलीले कांग्रेसलाई सुधार्ने छ । वर्तमान कांग्रेसका सभापति शेरबहादुर देउवा इतिहास निर्माण गर्नु भएकै व्यक्तित्व हो । अझ २०४६ साल पछिको राजनीतिक अवस्थामा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला पछि लगत्तै प्रधानमन्त्री भएको व्यक्तित्व हो । आज देउवाको बारेमा भएको आलोचना अहिलेको समयको युवाको माग, नयाँ पुस्ताको माग, सिद्धान्त र विचारको मागलाई राम्रो सँग बुझ्न नसकेर हो । कांग्रेसले बुझ्न नसकेको विचार, सिद्धान्त अन्य दलले बुझेर अघि बढाउन सक्छन् भन्ने होइन । त्यसैले कांग्रेसको आलोचना भएको छ । यसको नेतृत्व गर्नु भएका कांग्रेस सभापति शेरबहादुर देउवा, मुलुकको प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना सबै भन्दा बढी भएको छ । कांग्रेसको विधान अनुसार यो ५ वर्ष र अर्को ५ वर्ष मात्र देउवाले नेतृत्व गर्ने अबसर पाउनु हुने हो । कांग्रेसको नेतृत्व २ कार्यकाल भन्दा बढी गर्न पाइदैन । त्यसपछिको नेतृत्व समकालिन रुपमा हेर्ने हो भने रामचन्द्र पौडेलको हो । उहाँ पनि अहिले उतिनै आलोचनको केन्द्रमा हुनुहुन्छ । शेरबहादुर देउवाको आलोचना र रामचन्द्र पौडेलको आलोचना समान रुपमा नै देखिन्छ । आलोचना आशाको केन्द्र पनि हो । कांग्रेससँग नेपाली जनताले धेरै आशा र भरोसा गरेका छन् । अहिलेको पुस्ता पछि कांग्रेसको नेतृत्व दिन भरोसा योग्य नेतृत्वको पनि जनताले अपेक्षा गरेका छन् । यि कुराहरुलाई यतिखेर कांग्रेसले गम्भीरता पूर्वक समिक्षा गरेर अघि बढ्न जरुरी छ । कांग्रेसको विचार अमर छ । कांग्रेसको विचारमा सबै व्यक्तिहरु आएका छन् । खुलेका सबै पार्टीहरु कांग्रेसको विचारमा लामबद्ध भएर चलेका छन् । नयाँ अबतार र रुपमा आएका दलहरुले पनि कांग्रेसको विचारलाई नै बोकेका छन् । त्यसैले यो विषयलाई कांग्रेसले नजरअन्दाज गर्नु हुँदैन । आफ्नो क्षमता र अवसरलाई कांग्रेसले बुझ्नु पर्दछ । यतिखेर अब कांग्रेसले देखाउनु परेको विषय शैली मात्र हो । कांग्रेस भनेको कस्तो ? यो प्रश्न छ । कांग्रेसको शैली वीपी हो, कांग्रेसको शैली सुवर्ण शंशेर हो, कांग्रेसको शैली गणेशमान हो, कांग्रेसको शैली कृष्णप्रसाद भट्टराई हो, कांग्रेसको शैली गिरिजाप्रसाद कोइराला हो, कांग्रेसको शैली सुशील कोइराला हो, कांग्रेसको शैली मंगलादेवी सिंह हो, कांग्रेसको शैली नोना कोइराला हो, कांग्रेसको शैली शैलजा आचार्य हो । यस किसिमबाट कांग्रेसको शैलीको विकास गर्नु छ । कांग्रेसको विचार र शैली मुलुकको भविष्य हो भन्ने कुरा सबैले बुझ्न जरुरी हुन्छ । लोकतन्त्र र कांग्रेसलाई जनताले उसको शैली र विचारले नै चिनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij