२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझायो ( पूर्ण विवरणसहित)

निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझायो ( पूर्ण विवरणसहित)

3.9K
Shares

 

अर्थ नेपाल संवाददाता
काठमाडौं / आज निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोग अध्यक्ष कमलनारायण दासले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् । गत साउन १५ गते सरकारले निर्वाचन क्षेत्र निर्धारण गर्नका लागि दासको अध्यक्षमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगका सदस्यहरुमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की र सदस्य सचिवमा वेगेन्द्रराज शर्मा छन् ।

 

कुन जिल्लामा कति प्रतिनिधिसभा निर्वाचन क्षेत्र 

  1. १०- काठमाडौं
  2. ६  मोरङ
  3. ५-  झापा, धनुषा, सर्लाही, रूपन्देही र कैलाली
  4. ४- सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट, बारा, पर्सा
  5. ३- ललितपुर, चितवन, कास्की, कपिलबस्तु, दाङ, बाँके र कञ्चनपुर
  6. २-  इलाम, उदयपुर, सिन्धुली, काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ,मकवानपुर, गोरखा, तनहुँ, स्याङ्जा, उत्तर नवलपरासी, दक्षिण नवलपरासी, गुल्मी, बाग्लुङ, बर्दिया, सुर्खेत ‍र दैलेख
  7. १ –  पाँचथर, तेह्रथुम,धनकुटा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, रसुवा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, सल्यान, पूर्वी रूकुम, पश्चिम रूकुम, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, कालिकोट, बाजुरा, अछाम, हुम्ला, डोटी, बझाङ, डडेलधुरा, बैतडी र दार्चुला

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij