२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिस्टर एण्ड मिस कास्कीको उपाधि मनिष र निकितालाई

मिस्टर एण्ड मिस कास्कीको उपाधि मनिष र निकितालाई

1.4K
Shares


अर्थ नेपाल संवाददाता
पोखरा /पोखरामा आयोजित मोडलिङ रियालिटि सो मिस्टर एण्ड मिस कास्की २०७४ को उपाधि मनिष ओस्था र निकिता खड्गीले जितेका छन् । मंगलबार पोखरा सभागृहमा आयोजित ग्राण्ड फिनालीमा मिस्टर कास्की बन्न सफल मनिषले मिस्टर मल्टिमिडिया र मस्ट पपुलरको सव टाइटल समेत हात पारे । मिस कास्की बन्न सफल निकिताले वेष्ट पर्सनालिटि, बेष्ट फिगरको सव टाइटल समेत जितिन् ।
ब्ल्यु रे प्रोडक्सनद्धारा आयोजीत प्रतियोगीतामा मिस्टर कास्की तर्फ मस्ट फस्ट रनरअप विवेक तामाङ, सेकेन्ड रनरअप आशिष केसी, थर्ड रनरअप युवराज गुरुङ बन्न सफल भए । मिस कास्की तर्फ फस्ट रनरअप वर्षा गुरुङ, सेकेन्ड रनरअप, पुजा श्रेष्ठ, थर्ड रनरअप अस्मिता तिवारी बने । अर्गनाइजर च्वाइसको पुरस्कार रोजी मगरलाई प्रदान गरियो । उनीहरुले विभिन्न सवटाइटल पनि जितेका थिए ।
रुस्लान भोड्काले मुख्य प्रायोजन गरेको प्रतियोगीतामा मस्ट वेष्ट वाल्क रञ्जना गुरुङ, वेस्ट फिजिक्स कपिल पुन मगर, मस्ट फ्रन्डली जयन्ती गुरुङ, कन्जनिटि सनम गुरुङ, मिस व्युटि कम्पिलिटिसन सरीता श्रेष्ठ, मिस इन्टर एक्च्युल मनिषा नेपाली, मस्ट स्टाइलिस सुजन थापा, मिस फोटोजेनिक सोनु गुरुङ घोषित भए । डिजाइनरबिचको प्रतिष्पर्धामा सपना तिवारीले बाजी मारिन् । प्रतियोगीताको कोरियोग्राफि सागर आचार्यले गरेका थिए ।
अन्तिम प्रतिष्पर्धामा उपाधिका लागि ६ युवा र ११ युवतीले प्रतिष्पर्धा गरेका थिए । अन्य सौन्र्दय प्रतियोगीता भन्दा केहि पृथक बनाउन आयोजकले गरेको मेहनतको सबैले तारिफ गरे । अभिनय सँगै प्रतियोगीले गरेको लव सिक्वेन्सले उपस्थित दर्शकलाई नयाँपन दिलायो । कार्यक्रम अपेक्षा अनुसार सफल बनेको कार्यक्रम संयोजक स्वस्तिका केसीले प्रतिक्रिया दिइन् । कार्यक्रमको बिच–बिचमा राखिएका विभिन्न प्रस्तुती पोखरा सभागृह हलमा खचाखच भरिएका दर्शक रमाए । कार्यक्रममा आइरिस व्युटी पार्लर, एविसि मार्ट, बुलाकी एसोसरी र फुड लवरले विशेष सहयोग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij