
अर्थ नेपाल संवाददाता
काठमाडौं /अमेरिकाका विभिन्न राज्यमा नेपाली महिला सेलिब्रेटीहरु ‘वमन इन्ट कन्सर्ट युएस टुर २०१७’ मा प्रस्तुत हुने भएका छन्।
अमेरिकाका विभिन्न राज्यमा हुने ‘वमन इन्ट कन्सर्ट युएस टुर २०१७ मा महिलाहरुको सांगितीक समूह अभया एण्ड द स्टीम इन्जुन्स व्याण्ड, गायिका आस्था राउत र मिस नेपाल मलिना जोशी प्रस्तुत हुने छन्।

आगामी सेप्टेम्बरदेखि अक्टोबर२९ सम्म अमेरिका विभिन्न राज्यमा हुने यो कन्सर्टका लागि आयोजक भिन्तुना इन्टरनेशनल अन्र्तगतको थ्रीई इन्टरटेनमेन्टका निर्देशक रोशन पुरी तथा अभया एण्ड द स्टीम इन्जुन्स व्याण्ड, गायिका आस्था राउत र मिस नेपाल मलिना जोशीबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौता बमोजिम अभया एण्ड द स्टीम इन्जुन्स व्याण्ड, गायिका आस्था राउत र मिस नेपाल मलिना जोशीले १ महिनाभन्दा बढी समयसम्म अमेरिका बसेर सान फ्रान्सिस्को, लस एञ्लस, क्लेभेल्याण्ड, इन्डियाना पोलिस, डालास, होसटन, वासिङटन डिसी, रालिघ, न्युयोर्क, बोस्टनजस्ता अमेरिकी राज्यमा आफना प्रस्तुति प्रस्तुत गर्नेछन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij