२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फर्टिलाइजर एशोसिएशनको अध्यक्षमा चन्द्रकान्त डल्लाकोटी निर्वाचित

फर्टिलाइजर एशोसिएशनको अध्यक्षमा चन्द्रकान्त डल्लाकोटी निर्वाचित

2.6K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /नेपाल फर्टिलाइजर( मलखाद) व्यवसायी संघको प्रथम महाअधिबेशनले चन्द्रकान्त डल्लाकोटीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । महाधिवेशनको उद्घाटन मंगलबार कृषिबिकास मन्त्री रामकृष्ण यादवले गरेका थिए ।
महाधिवेशनले प्रथम उपाध्यक्षमा राजेशभक्त श्रेष्ठ, द्वितिय उपाध्यक्षमा गौरीशंकर कँडेल, महासचिबमा इश्वरी प्रसाद अर्याल, सचिबमा जीवन पौडेल, कोषाध्यक्षमा बिष्णु बुर्लाकोटीलाई चयन गरेको छ ।
त्यसैगरी कार्यसमिती सदस्यहरुमा जया अधिकारी, आनन्द रुवाली, उज्वल घिमिरे, सुदेश चन्द्र घिमिरे, आशिष चौधरी, यज्ञ बास्तोला चयन भएका छन् । महिला मनोनित सदस्यमा बसन्ता श्रेष्ठ, गोर्खाबाट रामशरण कोइराला, बिराटनगरबाट गोबिन्द पोख्रेल र पूण्य कुमारी कुमाल छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij