२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आगोगद्धारा दुई नम्बर प्रदेशमा तीन हजार ५७८ मतदान केन्द्र निर्धारण

आगोगद्धारा दुई नम्बर प्रदेशमा तीन हजार ५७८ मतदान केन्द्र निर्धारण

1.2K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /प्रदेश नं २मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ ।
८ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश नं २ अन्तर्गत सबैभन्दा बढी २० स्थानीय तह सर्लाहीमा कायम गरिएको छ भने सप्तरी, धनुषा र रौतहटमा १८–१८ रहेका छन् । सिरहामा १७, बारा १६, महोत्तरी १५ र पर्सा जिल्लामा १८ वटा स्थानीय तहको सङ्ख्या कायम रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश नं २ मा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् । आगामी स्थानीय तहको निर्वाचनबाट प्रमुख एवं अध्यक्ष १३६, उपप्रमुख एवं उपाध्यक्ष १३६, वडाध्यक्ष एक हजार २७१ तथा पाँच हजार ८४ वडा सदस्यसहित कूल ६ हजार ६२७ जनप्रतिनिधिको चयन हुनेछ ।
निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदान गर्ने छन् । उक्त निर्वाचनका लागि स्वयंसेवकसहित ३१ हजारभन्दा बढी कर्मचारी खटिने छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij