अर्थ नेपाल संवाददाता
काठमाडौं /प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय सरकारले गरेको छ । मंसिर २१ गते अर्को मिति तय गरेको छ । यसअघि सरकारले दुवै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि मिति तोकेको थियो । निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति मंसिर २१ गतेलाई तोकेको हो ।
त्यसैगरी बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारेमा राजनीतिक सहमतिका आधारमा छलफल गरी निर्णय गर्ने र संवैधानिक परिषदबाट पदाधिकारी सिफारिस गर्ने गरी राष्ट्रिय प्रकृति तथा वित्त आयोग गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij