२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

फेसन शो’ जीवनशैली’लाई ५ मोडल छनोट, अब पोखरामा अडिसन

फेसन शो’ जीवनशैली’लाई ५ मोडल छनोट, अब पोखरामा अडिसन

2.1K
Shares


अर्थ नेपाल संवाददाता
काठमाडौं /आरएनआर ग्रुपले आउँदो २२ सेप्टेम्बरमा पोखरामा भव्य फेसन शो आयोजना गर्दैछ । ‘जीवनशैली’ नाम दिइएको उक्त फेसन शोका लागि मोडलहरुलाई पहिलो अडिसन राजधानीमा गरिएको छ । राजधानीमा गरिएको अडिसनमा ५० जना व्यवसायिक मोडलले आवेदन दिएका थिए, जसमध्ये ५ जना छनोट भएका छन् । राजधानीको पहिलो चरणको अडिसनमा फोटोग्राफर राजभाई सुवाल, मोडल विपना थापा, पत्रकार डब्बु क्षेत्री, फ्लाईटेकका निर्देशक नाजिर हुसैनलगाययत निर्णायक थिए ।
काठमाडौंपछि पोखरामा अडिसन लिइने आयोजकले जनाइएको छ । आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठका अनुसार पोखरामा यही आउँदो आइतबार अडिसन लिइँदैछ ।  शो पोखरास्थित होटल बाराहीमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij