२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

यस्तो छ चलचित्र ‘रानी’को टिजर (हेर्नुस टिजर)

यस्तो छ चलचित्र ‘रानी’को टिजर (हेर्नुस टिजर)

1.7K
Shares


अर्थ नेपाल संवाददाता
काठमाडौं/ फिल्म ‘रानी’को टिजर सार्वजनिक भएको छ । दुई डेब्यु अनुहार सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठसंग मलिना जोशीको प्रेमलाई टिजरमा देखाइएको छ । सार्वजनिक टिजरमागीतका केहि दृश्य र फिल्मको ट्वीस्टलाई समेटिएको छ । फिल्ममा अनुपविक्रम शाही पनि छन् । त्रिकोणात्मक प्रेम कथामा अवरोध निम्त्याउने नै अनुप देखिएका छन् । भानु महर्जन प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा यम थापाले लेखेका हुन् । दयाराम दाहाल निर्देशित यस फिल्मलाई पुरुषोत्तम प्रधान, सिसन बानिया र मान कृष्ण महर्जनले छायाँकन गरेका हुन् । फिल्ममा विजय घिमिरेको संगीत, अर्जुन जिसीको सम्पादन रहेको छ । बिमलमान गुभाजुको निर्माण रहेको यो फिल्म आउदो कार्तिक २ मा रिलिज हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij