२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

चलचित्र ऐश्वर्यको टिजर रिलिज ( टिजर सहित)

चलचित्र ऐश्वर्यको टिजर रिलिज ( टिजर सहित)

2.9K
Shares


अर्थ नेपाल संवाददाता
काठमाडौं/चलचित्र ऐश्वर्यको टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर चलचित्रको गुणस्तरियतासंगै द्वन्द समेत देखाइएको छ । सार्वजनिक गीत ‘तिमि रोएको पल’ मार्फत चर्चामा आएको यस फिल्मलाई टिजरले थप हाईप दिने विश्वास निर्माण पक्षको रहेको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको यसगीतलाई सुगम पोखरेल र अन्जु पन्तले गाएका छन् ।
फिल्मको टिजरमा भने गीतसंगै केहि दृश्यको झलक देखाइएको छ । फिल्ममा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।
निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप वरालको छायाँकन रहेको यो फिल्म कार्तिक ९ मा रिलिज हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij