२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुजुकीले ल्यायो ‘डबल मज्जा’ अफर

सुजुकीले ल्यायो ‘डबल मज्जा’ अफर

3.7K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौ /सुजुकीको नेपालकालागि आधिकारिक विक्रेता सिजी मोटोकर्पले चाडपर्वलाई लक्षित गरेर ‘डवल मज्जा’ अफर ल्याएको छ ।
मंगलबारवाट काठमाडौंमा शुरु भएको नाडा अटो शो को अवसरमा कम्पनीले इग्निस र डिजायर गरी दुई नयाँ मोडलका कार सार्वजनिक गर्दै कम्पनीका सम्पूर्ण गाडीमा ‘डवल मज्जा’ अफर उपलब्ध गराएको हो ।
‘डबल मज्जा’ अफर अन्तर्गत उपभोक्ताले ६ लाख रुपैयाँसम्म नगद छुट, ५० हजार रुपैयाँसम्म सटही वोनस, १ लाख रुपौयाँसम्म अतिरिक्त स्क्रयाच कुपन, २ बर्षसम्मकालागि निशुल्क इन्स्योरेन्स सुविधा, रोड ट्याक्स र रजिष्टे«शन निशुल्क उपलब्ध गराउने रहेका छन् ।
नाडा अटोशो मार्फत कम्पनीले स्टल नम्वर एच १ र सुजुकीका देशभरका शो रुमहरुवाट समेत उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij