२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

काठमाडौं जिल्ला अदालतमा हुण्डी कारोबार गर्ने सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं जिल्ला अदालतमा हुण्डी कारोबार गर्ने सात जनाविरुद्ध मुद्दा दायर

2.5K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं /राजस्व अनुसन्धान विभागले सोमबार काठमाडौं जिल्ला अदालतमा हुण्डी कारोबार गर्ने सात जनाविरुद्ध चार अर्ब १४ करोड रुपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।
विभागले सो राशिको बिगोसहित दलबहादुर पुन, लवकुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङविरुद्ध मुद्दा दायर गरेको छ ।
काठमाडौं प्रहरीले डेढ वर्षअघि सुनधाराको जेबो ट्राभल्समा छापा मारी १२ लाख रुपैयाँ विदेश पठाउन लागिएको हुण्डी रकम जफत गरेको थियो । हुण्डीसहित कम्पनीबाट कामदार पुन र नेपाललाई पक्राउ गरिएको थियो ।
सो ट्राभल्सका सञ्चालक मिलन र धरमले विदेशमा बसेर हुण्डी कारोबार गर्ने गरेका थिए । अहिले पनि उनीहरू फरार छन् । प्रहरीले छापा मार्दा ट्राभल्सबाट राजेन्द्र र विद्यादेवीका नाममा काटिएको ५० लाख रुपैयाँको चेकसमेत जफत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij