२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

दर्शकको मायाले गर्दा नै कलाकारितामा लाग्ने हौसला मिलेको छ – नायिका जान्वी बोहरा

दर्शकको मायाले गर्दा नै कलाकारितामा लाग्ने हौसला मिलेको छ – नायिका जान्वी बोहरा

2.3K
Shares

अर्थ नेपाल काठमाडौं /लोकप्रिय मोडल जान्वी बोहरा अभिनय क्षेत्रमा सफल छिन् । दर्शकको मायाले सफलताको शिखरमा रहेकी जान्वीले तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा आधुनिक विधाबाट उत्कृष्ट मोडलको अवार्ड जितेकी छिन् ।
सडक नाटकबाट अभिनय यात्रा थालेकी जान्वीले म्युजिक भिडियो, विज्ञापन तथा चलचित्रमा अभिनय गरेकी छिन् । थोरै खेल्ने तर राम्रो मात्र छानेर म्युुजिक भिडियोमा अभिनय गर्ने जान्वीले म्युजिक भिडियोबाट नै अवार्ड जित्न सफल भइन । म्युजिक भिडियोमा अभिनय गर्दा गर्दै ऐतिहासिक नाटक अनि देउराली रुन्छमा अभिनय गरीन । उनको अभिनयको चर्चा र प्रशंसा भयो । भखर्रै मात्र उनले चलचित्र शेरबहादुरमा अभिनय गरेकी छिन् ।


उनी दर्शकको मायाले गर्दा नै आजसम्म कलाकारितामा लाग्ने हौसला मिलेको बताउँछिन् । सिन्धुपाल्चोककी जान्वी देश तथा विदेशको कार्यक्रमहरुमा सहभागी हुने गरेकी छिन् । विभिन्न नृत्य तथा सौन्दर्य सम्बन्धी प्रतियोगिताहरुमा निर्णायकको भूमिका निभाइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij