२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बाढीपीडितलाई मुक्तिनाथ विकास बैंक वीरगञ्ज शाखाद्धारा राहत वितरण

बाढीपीडितलाई मुक्तिनाथ विकास बैंक वीरगञ्ज शाखाद्धारा राहत वितरण

3.3K
Shares

अर्थ नेपाल काठमाडौं /मुक्तिनाथ विकास बैंक लिमिटडेको वीरगञ्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित राहत वितरण गरेको छ । शनिबार पर्सा जिल्ला जगरनाथपुर गाउपालिका स्थित मधुवाहका बाढीप्रभावित बस्तीका १०५ घरधुरीमा प्राकृतिक प्रकोपबाट हुन सक्ने डेंगु जस्ता घातक रोग र सर्पहरुको बिगबिगीबाट सुरक्षित रहनको निम्ति राहत वितरण गरेको हो ।
राहत वितरण कार्यक्रममा बैंकका शाखा प्रबन्धक हरी कृष्ण पौडेल, लघुवित्त डेस्क प्रमुख उमानाथ बि.क., कर्जा विभागको तर्फबाटसबिर अलि र हेम बहादुर कुँवर क्षेत्री, संचालन विभागबाट श्री बिकाश बैठा, लघुवित्त बिभागबाट विजय गुप्ता, बिशाल सर्राफ र कार्यलय सहयोगी उमेश चौधरी लगायतका स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij